नेपाल । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ ।
वर्षौदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबिच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।
खराब स्वास्थ्य अवस्थाका बाबजुद पनि जियाले आगामी फेब्रुअरी २०२६ मा तय गरिएको आम निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्