नेपाल । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ साहित्यकार नरनाथ लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ ।
विभिन्न साहित्यिक संस्थामा संलग्न साहित्यकार तथा व्यंग्यकार लुइँटेलका हास्यव्यंग्यसहित गीतिकाव्य, शोककाव्य तथा अरू पुस्तक प्रकाशित छ ।
उक्त सम्मान तथा पुरस्कारका साथ नगद राशि १० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्