१३ पुष २०८२, आईतवार

समानुपातिक उम्मेद्वारको अन्तिम सूची तयार गर्न एमाले सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , December 28th, 2025

नेपाल । आइतबार नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि सोमबारसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्