नेपाल । साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन गरिएको छ । आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर बुटवलमा लेखिकाका पिता कृष्णलाल आचार्यले कृति विमोचन गरेका हुन् ।
बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक विमोचन गरिएको थियो । यसअघि आचार्यको पहिलो उपन्यास ‘मलिलो माटो’ २०७८ मा प्रकाशनमा आएको थियो ।
‘उनले छोडेको उज्यालो’मार्फत व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएको आचार्यले बताएकी छन् । यो पुस्तक आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो । पुस्तकको मूल्य ५३३ राखिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्