नेपाल । उपन्यासकार डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ लोकार्पण भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कवि श्यामल, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षा र उपन्यासकार सापकोटाले कृति लोकार्पण गरे ।
यौन मनोविज्ञानमा आधारित यस उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यासलाई पठनीय बनाएको बताए ।
समीक्षक सुमन वर्षाले एक नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्छन् भन्ने विषय रहस्यपूर्ण रूपमा अभिव्यक्त भएकाले उपन्यास रोचक रहेको बताइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्