५ पुष २०८२, शनिबार

मुक्तकः तिमी खडेरी हौ मैले वसन्त भनिदिनुपर्ने रे…

कोलोराडोखबर संवाददाता , December 20th, 2025

–आरआर चौलागाईं–
तिमी खडेरी हौ मैले वसन्त भनिदिनुपर्ने रे
तिमी पराई हौ मैले आफन्त भनिदिनुपर्ने रे
जबरजस्तीले यो दुनियाँमा केही पनि हुँदैन
तिमी छेपारो हौ मैले तटस्थ भनिदिनुपर्ने रे ।

हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्