२४ मंसिर २०८२, बुधबार

बुधबार संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

कोलोराडोखबर संवाददाता , December 10th, 2025

नेपाल । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित बुधबार १० डिसेम्बरका दिन संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

यो दिवस सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको स्मरणमा हरेक वर्ष मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ।

अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, र विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्। नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्