नेपाल । कवि सुनिता अधिकारीको कविताकृति ‘सुनिताका अनुभूतिहरू’ लोकार्पण गरिएको छ ।
काठमाडौंमा आयोजित कृति सार्वजनिक कार्यक्रममा कवि तुलसी दिवसले यसभित्रका कवितामाथि चर्चा गरे । उनले कविताकृति युवा हृदयको ताजगी र सशक्त अभिव्यक्तिको सुन्दर संगम भएको उल्लेख गरे ।
कवि शैलेन्द्र साकारले कृतिमा देखिने ताजगी, परिपक्वता र कविताको स्वाभाविक प्रवाहबारे बताए ।
आभा सेतु सिंहले पुस्तकले युवापुस्ताको भावना, संवेदना र समकालीन दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन् ।
समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले कविताको भाषिक सौन्दर्य, भावप्रवाह र संवेदनशीलता उल्लेखनीय रहेको टिप्पणी गरे ।
कार्यक्रममा कथाकार माया ठकुरी, प्राडा विष्णुहरि नेपाल, कवि मणिराज सिंह, कृतिकार अधिकारीलगायत स्रष्टाले बोलेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्