२१ मंसिर २०८२, आईतवार

‘कमरेड जलजला उपन्यासको विवेचना’ लोकार्पण

कोलोराडोखबर संवाददाता , December 7th, 2025

नेपाल । राष्ट्रिय जनमोर्चाका महासचिव लेखक मनोज भट्टको पुस्तक ‘कमरेड जलजला उपन्यासको विवेचना’ को लोकार्पण भएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, पूर्वमन्त्री दीनानाथ शर्मा, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सो पुस्तकको विवेचनाको सार्वजनिक गर्नुभएको हो ।

नेकपाका उपमहासचिव ज्ञवालीले लेखक सिंहको तेह्रसय बिस (१३२०) पृष्ठ लामो उपन्यास अहिले पठन संस्कृति कम हुँदै गएको बेला पाठकले पढेर सक्न मुस्किल हुने बताउनुभयो । उक्त उपन्यासलाई सरलीकृत र समालोचनात्मक ढङ्गले मनोज भट्टले लेखेर जलजलालाई बुझ्न सजिलो भने उहाँको भनाइ थियो ।

बुद्धिजीवी भीष्म जोशीले सिंहको उपन्यास ज्ञान, दर्शनको हिसाबमा बृहत् रहेको र हरेक परिच्छेदमा विद्यावारिधि गर्न सकिने बताउनुभयो । उहाँले राजनीतिसँगै साहित्य लेखनमा ७७ वर्षदेखि संलग्न वरिष्ठ व्यक्तित्व नेकपा (मसाल) का महामन्त्री सिंहको विशाल कृतिमाथि लेखक भट्टले समालोचना लेख्ने कोसिस नै सह्रानीय रहेको उल्लेख गर्नुभयो ।

विश्व भाषा क्याम्पसका सहायक क्याम्पस प्रमुख बलभद्र भारतीले उपन्यासले सिङ्गै कम्युनिष्ट आन्दोलन हो भने उपन्यासको विवेचना पुस्तकले त्यसको सल्यक्रिया नै गर्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्