-आरसी रिजाल-
भद्रकुमार र शान्तकुमार छिमेकी हुन् ।शान्तले छोरालाई सधैं नानाभँती गाली गरेको सुनेर भद्र दिक्क भएका छन् ।
एकदिन भद्रलाई गजबको बिचार फुरेर शान्तलाई भने — तपाईं सधैं मुख दुख्ने,थुक सुक्ने गरि छोरालाई बेपत्ता गाली वर्षाउनु हुन्छ।तेत्रा गालीलाई समेटेर एउटै शब्दले कर्मकाण्ड पुग्नेगरि हान्न सक्नु हुन्न भनेँ ।
शान्तले — तपाईंको आसय मैले बुझेँ। तर त्यति साह्रो त नभनौ कि? यो कुलङ्घार नेता जस्तो बिग्रीसकेको त छैन् नि भने।।।
-हेटौंडा, मकवानपनुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्