नेपाल । रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवार छनोट प्रक्रियालाई औपचारिक रूप दिन नयाँ समिति गठन गरेको छ। केन्द्रीय समिति बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यलाई संयोजकमा समिति गठन गरेको हो ।
समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा।चन्दा कार्की र राजन गौतम तथा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् । रुपन्देही–३ का लागि भने पहिले नै तय भइसकेका उम्मेदवारलाई यथावत् राख्ने निर्णय रास्वपाले गरेको छ ।
पार्टीका अनुसार अब समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवारको अन्तिम सूची तयार गर्नेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्