२ मंसिर २०८२, मंगलवार

नेपाली चलचित्र ‘धागो’ नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शन

कोलोराडोखबर संवाददाता , November 18th, 2025

नेपाल । भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारबाट नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ ।

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ ।

उदीप राणाथापा निर्देशित चलचित्रमा अभिनेतृ सुरक्षा पन्त प्रमुख भूमिकामा देखिनुभएको छ । चलचित्रका अन्य कलाकारमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापाको अभिनय रहेको छ ।

फिल्म म्याग्नेट इन्टरटेनमेन्ट प्रोडक्सन हाउसद्वारा निर्माण गरिएको चलचित्रमा उमा थापा, उत्तम थापा र उदीप थापा निर्माता रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्