नेपाल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ।
अदालतका न्यायाधीशद्वय ओमप्रसाद अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण बुझ्नुपर्ने भन्दै सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउन आदेश भएको हो ।
यसअघि यही कात्तिक २० को आदेशमा भने सुरुको मिसिल झिकाउने आदेश भएको थियो । अहिले बाँकी मिसिल मगाएको अदालत प्रशासनले जानकारी दिएको छ । सहकारी ठगीमा उनीहरु अहिले प्रपक्षका लागि कारागारमा छन् ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।
उनीहरूले बिगो बराबरको बैंक जमानतमा रिहा गर्न माग गर्दै दिएको निवेदनमा अहिले सुनुवाइ भइरहेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्