२० कार्तिक २०८२, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट बिहीबार स्वदेश फर्कंदै

कोलोराडोखबर संवाददाता , November 6th, 2025

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार अपराह्न स्वदेश फर्किँदै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणm गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्