–लालगोपाल सुवेदी–
जानेका छन् पातहरूले
हावा र घामको सपनी हुन
इन्द्रेणीजस्तै रङ्गिन
वातावरण नै रङ्ग्याउन
यमराज नजिक नजिक आइरहँदा पनि
जीवनको महोत्सव धूमधामसँग मनाउन
सक्छौं कि त हामी पनि
अश्रुमा पनि तिहारको टीकाजस्तै
सप्तरङ्गी हुन् ?
– अमेरिका ।
प्रतिक्रिया दिनुहोस्