३० आश्विन २०८२, बिहीबार

नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० !

कोलोराडोखबर संवाददाता , October 16th, 2025

नेपाल । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार सुन प्रतितोला रु. दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु। तीन हजार ३२५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्