नेपाल । नेपाली काँग्रेसले केन्द्रीय समितिको पूर्ण बैठकको मिति सारेर २८ गतेबाट बस्ने निर्णय गरेको छ ।
शनिवार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समितिको बैठक यसअघि असोज २६ गते बोलाइएको थियो । त्यस्तै बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ ।
साथै प्रतिनिधिसभाको निर्वाचन र संसद् पुनःस्थापनाको विषयमा छलफल भएको छ । केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्