१७ आश्विन २०८२, शुक्रबार

गीत: हामीले अरू के नै मागेका थियौँ र…

कोलोराडोखबर संवाददाता , October 1st, 2025

-आर. आर. चौलागाईं-
हामीले अरू के नै भनेका थियौँ र !
हामीले अरू के नै मागेका थियौँ र !

सामाजिक सञ्जाल खोल्नोस् भनेका थियौँ
भ्रष्टाचार निर्मूल पार्नोस् भनेका थियौँ
किन त्यसरी गोलीले भुट्नु भो हामीलाई ?
किन त्यसरी कत्लेआम गर्नु भो हामीलाई ?

नयाँ पुस्ता हामी ठूला भइसकेका थियौँ
ठीक बेठिक छुट्याउने भइसकेका थियौँ
किन आफ्नै अभिमानमा अडिग हुनु भो ?
किन आफ्नै विनाशलाई निम्त्याउनु भो ?

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्