२८ भाद्र २०८२, शनिबार

बालकविता: मेरो भाइ

कोलोराडोखबर संवाददाता , September 13th, 2025

-रमेशचन्द्र घिमिरे-
कहिले खिस्स हाँस्छ कहिले बर्र आँसु झार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ

जब पढ्ने बेला हुन्छ लाग्छ भोक उसलाई
काम अह्राउँदा फन्किन्छ ऊ चल्छ झोक उसलाई
घरको जितार भई के भो बाहिर जाँदा हार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ

फुकाएर किताब उसले पढे पनि हुन्थ्यो
कापी झिकी गृहकार्य गरे पनि हुन्थ्यो
अल्छी छ ऊ केही गर्दैन हाँसी हाँसी टार्छ
मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ ।

-भोर्लेटार लमजुङ

प्रतिक्रिया दिनुहोस्