-घनश्याम न्यौपाने ‘परिश्रमी-
बाँसुरी बजाउँदै थियो
उच्च आसनमा बसेर
झन्डै तीनदर्जन घण्टासम्म
बालुवाटारमा
इतिहासकै नवागन्तुक
एक तानाशाह !
बैठक बाेलायाे
सत्ता टिकाउने
निर्णयार्थ
वक्तव्य दिन
मिथ्या विवरणकाे
कलिला मुनाहरू
निमाेठेर भविष्यका
तर साथ पाएन र
सम्भव भएन !
युवाहरूको
आलाे रगत मनपर्छ उसलाई
किनभने
ऊ रक्तपिपासु बुढाे बाघ हो
कुरा भने आदर्श गर्छ
उखान घुसाएर
टुक्का हालेर
पुंसत्व नभएको
हिटलरकाे अवतार हो ऊ
निःसन्तान तानाशाह
सन्तान हुने
आमाबाबुको मनाेविज्ञान
कसरी बुझ्थ्याे र !
निहत्था
देशका भावी कर्णधारहरूकाे
आवाज सुन्दै सुनेन
कठै ! सडकमा
पाेखिएका जीवन
हाेनहार अनुहारहरूकाे
तानाशाही निर्देशनमा
चलाइएका गाेलीहरूले
कैयौँ आमाबाबुलाई
शाेकसन्तप्त पारेर
उनीहरूका स्वप्नका फूल
निर्मम कुल्चेर
निर्लज्ज हाँस्दै थियो
एक तानाशाह
सत्ता आतङ्क फैलाउँदै
बालुवाटारमा !
आगाे झाेसेर पराेक्षतः
मुलुकका सम्पदाहरूमा
ऊ फुत्त भागेकाे छ
बालुवाटारबाट
अर्थात् भगाइएकाे छ
राज्यबलमार्फत्
यतिखेर
कतै लुकेकाे छ
अर्थात् लुकाइएकाे छ
सैनिक छाउनीमा
वा भगाइएकाे छ
सरहदपारि
कुनै मुलुकमा
अहिले सायद ऊ
बाँसुरी बजाउँदै छैन
आफ्नै दम्भकाे
परिणाम भाेग्दै छ
पतनकाे
गहिरो खाडलमा
बसेर !
प्रतिक्रिया दिनुहोस्