-सुदीपभद्र खनाल-
आत्मको मधुरता प्रभासित
जिन्दगी कुसुम झैँ प्रफुल्लित
भैदिए सुललिता ऋतम्भरा
हुन्छ जीवन अझै हराभरा
सत्यको सघनता प्रवर्धित
कर्मको सफलता सुनिश्चित
ढाकिए सृजनले वसुन्धरा
हुन्छ जीवन अझै हराभरा
दुःख को कहर यो हटे सब
रातको सघनता कटे अब
भोर व्यूँझनसके गरागरा
हुन्छ जीवन अझै हराभरा
राष्ट्र चिन्तन भए समग्रमा
भ्रष्टता बदलिए सुकर्ममा
एकता बल उठे जुटी धरा
हुन्छ जीवन अझै हराभरा
ज्ञानको गहनता फिँजारिए
स्वार्थ औ कलुषता लघारिए
भैदिए सब प्रदीप्त कन्दरा
हुन्छ जीवन अझै हराभरा
-अमेरिका ।
प्रतिक्रिया दिनुहोस्