१८ बैशाख २०८३, शुक्रबार

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

कोलोराडोखबर संवाददाता , August 13th, 2025

नेपाल । सर्वोच्च अदालतले रास्वपाका पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज गरीदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्