१४ असार २०८२, शनिबार

अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता भव्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , June 28th, 2025

कोलोराडो । “सहभागिता र आत्मियताको लागि खेलकुद ” को मुल नाराका साथ कोलोराडोमा तमु प्ये ल्हु अमेरिकाको एघारौ बार्षिक उत्सवको अवसरमा यस बर्ष “4TH TPLA CUP -2025 ‘8 Vs 8 Soccer’ प्रतियोगिता चक्र ब क्रोम्छे तमुको सभापतिवामा 6/22/2025 आइतबार सम्पन्न भएको छ । NRNA NCC COLORADO CHAPTER उक्त प्रतियोगिताको सह आयोजक रहेको थियो ।

4th TPLA CUP 2025 को उद्घाटन समारोहमा TITLE Sponsors सुमन हुमागाईं, कार्यक्रम सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लाहाकार चिजामय ल्हेगे तमु ज्यु, संस्था बुध्विजिवी मिन ब क्रोम्छे तमु, RMFN का अध्यक्ष आकृति राई, उपाध्यक्ष हरि गुरुङहरुबहुलीबाट कोहिबो धी मा द्विप प्रज्वलन गरि, नेपाली र अमेरिका का राष्ट्रिय गान पश्चात TITLE Sponsors सुमन हुमागाईं, कार्यक्रम सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु, संस्था उप प्रमुख सल्लाहाकार चिजामय ल्हेगे तमु ज्यु हरु बाट OFFICIAL REFEREE लाइ बल हस्तान्तरण गरि TPLA Academy र 4th TPLA CUP 2025 Banner को साथमा खेल मैदानमा प्रवेश गरि बिधिवात रुपमा शुरु भएको थियो ।

दोस्रो चरणमा सेमिफाइनलमा पोल A को बिजेता र पोल B को उपबिजेता जसमा CNYC Vs GORKHALI रहेको थियो भने, पोल B को बिजेता YOUNGSTAR FC Vs TPLA “A” आयोजक टिम रहेको थियो । फाइनल खेल CNYC Vs YOUNGSTAR FC बिच भएको र टिम CNYC ले 4TH TPLA CUP – 2025 उचाल्न सफल भएको थियो ।

प्रतियोगिताका विजयीहरुलाई तमु प्ये ल्हु अमेरिकाका खेलकुद बिभाग प्रमुख र उप प्रमुख राम प्र क्रोम्छे तमु तथा कैलाश क्रोम्छे तमुबाट ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।

दोस्रो स्थान हासिल गर्नु हुने YoungStar Fc टिम र खेलाडीहरुलाइ संस्थाका अध्यक्ष चक्र ब क्रोम्छे तमु, र उप प्रमुख सल्लाहाकार चिजामय ल्हेगे तमुले मेडल, प्रमाण तथा 2ND PRIZE Sponsor सजल केसीबाट पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

यस 4th TPLA CUP 2025 का बिजेता टिम CNYC (Colorado Nepali Youth Club ) खेलाडी साथी हरुलाई संस्था अध्यक्ष चक्र ब क्रोम्छे तमु, बुद्धिजीवी मिन ब क्रोम्छे तमु , उपप्रमुख सल्लाहाकार चिजामय ल्हेगे तमु तथा सह कोषाध्यक्ष बिनोद टु क्लेह्प्री तमु ज्यु हरु बाट कप, मेडल , प्रमाण पत्र तथा Check हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमका सभापति तथा संस्था का अध्यक्ष चक्र ब क्रोम्छे तमु ट यो प्रतियोगितालाइ भब्य रुपमा सम्पन्न गराउन अहम भूमिका खेल्नु हुने सह आयोजक रुपमा NRNA NCC Colorado Chapter , यस प्रतियोगितालाइ प्रयोजन गर्नु हुने सम्पूर्ण महानुभाबहरु, संघ संस्थाहरु, यस प्रतियोगिता सहभागी सम्पूर्ण टिम तथा खेलाडी साथीहरु , खेलप्रेमी साथीहरु, दर्शक वृन्दामा तथा यस प्रतियोगितामा महिनौदेखि खट्टिनु हुने सदस्यहरुलाइ, स्वयम् सेवकहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरि प्रतियोगिताको समापन घोसणा गर्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका संचालक समितिका सदस्य चन्द्र ल्हेगे तमुले संचालन गर्नु भएको थियो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ” भन्ने भनाईलाई आत्मसात गर्दै, अमेरिका राज्य तथा महाद्विपमा बसोबास गर्ने तमु ( गुरुङ) जातिको धर्म, सन्स्कर, सस्कृति, परम्परा, भाषा, भेष-भुषा आदी सम्रक्षण, र अनुसन्धान, प्रबर्धनसँगै सामाजिक, शिक्षा, आर्थिक, बिकास बृद्दीमा टेवा दिने उध्येश्य ले तमु प्ये ल्हु अमेरिका, कोलोराडो राज्यको बोल्डरमा २०१४ जुन -२८ मा स्थापना भएको एक गैर लाभकारी संस्था हो ।

कार्यक्रम:
1) 8 Vs 8 फुटबल
मिती – JUNE-22 – 2025 आइतबार
समय – 9:00AM-6PM
स्थान – East Boulder Community Center
5660 Sioux Dr Boulder , Co 80303

पुरस्कार
प्रथम – $७००, Cup , Medals र प्रमाण पत्र
दोस्रो – $४००, Cup , Medals र प्रमाण पत्र

प्रतिक्रिया दिनुहोस्