११ जेष्ठ २०८२, आईतवार

आगामी २२ जुनमा अमेरिकाको कोलोराडोमा 8 Vs 8 फुटबल प्रतियोगिता हुने

कोलोराडोखबर संवाददाता , May 13th, 2025

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजनामा आगामी २२ जुनमा कोलोराडोमा 4th TPLA CUP ‘8 Vs 8’ फुटबल प्रतियोगिता हुने भएको छ ।

संस्था स्थापनाको ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको पवन अवसरमा ‘सहभागिता र एकताको लागि खेलकुद’ भन्ने मूल नारासहित उक्त फुटबल प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगिताको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर रहेको छ ।

प्रतियोगिता आयोजक मूल समितिमा संस्थाका प्रेसिडेन्ट चक्रबहादुर गुरुङ, एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेल, बिनोद गुरुङ, चन्द्र गुरुङ, कैलाश गुरुङ, सपना गुरुङ, राम गुरुङ, र जोउ ब गुरुङ रहनु भएको छ ।

तमु प्ये ल्हु अमेरिका कोलोरडो राज्य को बोल्डर मा २०१४ जुन २८ मा स्थापना भएको एक गैर लाभकारी संस्था हो ।

‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ’ भन्ने भनाईलाई आत्मसात गर्दै, अमेरिका राज्य तथा महाद्विपमा बसोबास गर्ने तमु (गुरुङ) जातिको धर्म, संस्कार, सस्कृति, परम्परा, भाषा, भेषभुषा आदी संरक्षण र अनुसन्धान, प्रबर्धनसँगै सामाजिक, शिक्षा, आर्थिक, बिकास बृद्धीमा टेवा दिने उद्देश्यले तमु प्ये ल्हु अमेरिका क्रियाशील छ ।

कार्यक्रम:
1) 8 Vs 8 फुटबल
मिती – JUNE-22 – 2025 आइतबार
समय – 9:00AM-6PM
स्थान – East Boulder Community Center
5660 Sioux Dr Boulder , Co 80303

पुरस्कार
प्रथम – $७००, Cup , Medals र प्रमाण पत्र
दोस्रो – $४००, Cup , Medals र प्रमाण पत्र

Entry fee – $२०० मात्र

( टिम दर्ता गर्नु पर्ने अन्तिम मिति ६-१२-२०२५)

प्रतिक्रिया दिनुहोस्