२३ बैशाख २०८२, मंगलवार

कोलोराडोमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसंग साहित्यिक भेटघाट तथा अन्तरक्रिया

कोलोराडोखबर संवाददाता , May 6th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा वरिष्ठ साहित्यकार डा। नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अनेसास कोलोराडो शाखाको आयोजनामा आइतबार वेस्टमिनिस्टर स्थित नेपाली घरमा लम्सालसंग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कवि, गीतकार तथा पत्रकार डा. नवराज लम्साल आफ्नो साहित्यिक यात्राका क्रममा अमेरिको बिभिन्न स्टेटहरूको यात्रामा छन् । स्थानीय स्रष्टाहरूसँग आफ्नो जीवनको आरोह अवरोह सुनाउदै, आफ्ना रचना वाचन गर्दै तथा स्थानीय साहित्यकारहरूसंग साक्षातकार गर्दै उनी कोलोराडो आइपुगेका हुन् । अमेरिकामा उनको यो १६औं औपचारीक कार्यक्रम हो ।

अनेसास कोलोराडो च्याप्टका अध्यक्ष किरण अधिकारीको अध्यक्षमा सम्पन्न सो कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो । कार्यक्रममा सुरुमा स्थानीय साहित्यकारद्वय अनेसासका पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल र अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा बीओटी सभापति पदम बिश्वकर्माले साहित्यकार लम्सालको ब्यक्तित्व, उनले नेपाली साहित्यमा पुर्याएको योगदान तथा कृती बारे प्रकाब पारेका थिए ।

धादिङ जिल्लाको ज्यामरूममा जन्मेका नवराज लम्साल उच्चशिक्षा हांसिलगर्न काठमाण्डौ छिरेका थिए । नेपाल सस्कृतीबिश्वबिध्यालय र त्रिभुवन बिश्वबिध्यालय दुवैबाट उच्च शिक्षा अध्यानगरेका डा. नवराज लम्सालले जीवनका विभिन्न भोगाइहरू सुनाए । करिब दुई घण्टाको प्रस्तुतिमा उनले बाल्यकालदेखि रेडियो नेपालबाट अवकाश लिँदा सम्मको कथा सुनाए । डा. लम्सालका अग्नि, कर्ण, धारा जस्ता महाकाव्यको रचना कथा पनि सुनाए । यी महाकाव्यका विभिन्न कविताहरू पनि डा. लम्सालले कार्यक्रममा वाचन गरे । उनका कविता संग्रह, गीत संग्रह गरी जम्मा ८ वटा कृती प्रकाशित भइसकेका छन् ।

रेडीयो नेपालको बहुचर्चित कार्यक्रम मधुवन, स्वर संगम, जनता संग प्रधानमन्त्री जस्ता कार्यक्रम चलाएका कोकिल कण्ठी नवराजले ३० बर्ष रेडियो नेपालमा कामगर्दै बाहिरिदा निर्देशक पदमा कार्यरत रहेका थिए । त्यतीमात्र होइन उनले नेपालमा बहुचर्चित रेडियो बिबिसी नेपाली सेवामा पनि १० बर्ष काम गरेका थिए ।

एक ब्राह्मण पण्डितको परिबारमा जन्मिहुर्केका नवराज स्वयं संस्कृत बिश्वबिध्यालयका चेला थिए । तर उनले समाजमा रहेका सिमान्तकृत बर्गहरूको अवस्था चित्रित्र गर्ने अग्निजस्तो माहाकाब्य लेखी २०७८ सालमा मदन पुरस्कारबाट सम्मानित भए । उनले यस बाहेक देश तथा बिदेशबाट थुपै मान सम्मान तथा पुरस्कारहरू प्राप्त गरिसकेका छन् । उनलाइ अनेसास कोलोराडो शाखाको तर्फबाट अध्यक्ष किरण अधिकारीले सम्मान पत्र प्रदानगरी सम्मान गरेका थिए ।

अनेसास केन्द्रीय कार्यसमितिकी कोषाध्यक्ष तारा अधिकारीद्वारा सञ्चालित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दीजिवी,साहित्यकार, कलाकार, पत्रकार तथा नेपाली भाषी बा आमा दाजुभाइ, दिदीबहिनीहरू उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति किरण अधिकारीले कार्यक्रमलाई सफल बनाउन सहयोगगर्ने सहभागी सबै सर्जक तथा स्थानीय साहित्यप्रेमीहरुलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्