१९ बैशाख २०८२, शुक्रबार

कविता: एउटा क्रुर शासकको उद्घोष

कोलोराडोखबर संवाददाता , April 26th, 2025

-आर. आर. चौलागाईं-
म नै राष्ट हुँ
म नै संविधान हुँ
र म नै सार्वभौमसत्ता हुँ ।

म नै भूत हुँ
म नै वर्तमान हुँ
र म नै भविष्य हुँ ।

म नै आदि हुँ
म नै मध्य हुँ
र म नै अन्त्य हुँ ।

म नै पाताल हुँ
म नै धरती हुँ
र म नै आकाश हुँ ।

म नै ब्रह्मा हुँ
म नै विष्णु हुँ
र म नै महेश्वर हुँ ।
-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्