१८ बैशाख २०८३, शुक्रबार

नेपालमा एलपी ग्याँसमा प्रति सिलिन्डर रु. १५० मूल्य बढ्यो

कोलोराडोखबर संवाददाता , May 1st, 2026

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेलको मुल्य घटाएको छ भने एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल–मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँले घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर ४६ डलरले बढाएको जानकारी दिएको छ।

खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १५० ले बढाएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्