नेपाल । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भइसकेको राजतन्त्रबारे संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् ।
बुधवार संसद भवनबाहिर पत्रकारसँग उनले जनतामा निहीत सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका हुन् ।
उनले संविधानमा व्यवस्था भएको जनतामा निहीत सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गरे । नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दशवर्षे जनयुद्ध त्यसैका लागि भएको दावी गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्