२० फाल्गुन २०८२, बुधबार

माधव र बाबुराम माथि मुद्दा चल्ने-नचल्ने फैसला अब पूर्ण इजलासबाट

कोलोराडोखबर संवाददाता , February 14th, 2025

नेपाल । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चल्ने–नचल्ने फैसला अब पूर्ण इजलासबाट हुने भएको छ ।

५ वर्षमा बिहबिार १३औं पटक सुनुवाइ भएको रिटउपर न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पेस हुने आदेश दिएको हो ।

२०७६ माघमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने दूषित निर्णय गर्ने प्रधानमन्त्री माधव नेपाल र बाबुरामलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै उनीहरूमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्