२९ भाद्र २०८२, आईतवार

विज्ञान/प्रविधि

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिएको राजीनामा स्वीकृत

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिएको राजीनामा स्वीकृत

नेपाल । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले मंगलबार मंगलबार बुझाएका हुन् । मंगलबारनै उनको राजीनामा स्वीकृत भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेकै बेला उनको राजीनामा आएको हो । उनी २०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष भएका थिए ।...
गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

नेपाल । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन् । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन् । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, इीभ्म् खाद्य पदार्थ आदिमा आवश्यक पर्ने ...
एनसेलको शेयर खरिद प्रकरण पेचिलो बन्दै, प्रक्रिया रोक्न लेखाको सरकारलाई निर्देशन

एनसेलको शेयर खरिद प्रकरण पेचिलो बन्दै, प्रक्रिया रोक्न लेखाको सरकारलाई निर्देशन

नेपाल । एनसेलको शेयर खरिद बिक्री प्रकरण निकै पेचिलो बन्दै गएको छ । यस प्रकरणमा ठूलै अनियमितताको षड्यन्त्र भएको चौतर्फी आशंका छ । यसैक्रममा बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर स्वामित्व खरिद बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ । बैठकले मलेसियाली कम्पनी आजियटाले एनसेलको आफूसँग रहेको शेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वसनीय देखिएको भन्दै यस सम्बन्धमा विस्तृत अनुसन्धान हुनुपर्ने औंल्याएको छ । लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेल को ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्त...
एनसेलको शेयर खरिदबिक्री प्रकरणः गठबन्धन दलका शीर्ष नेताहरु सशंकित

एनसेलको शेयर खरिदबिक्री प्रकरणः गठबन्धन दलका शीर्ष नेताहरु सशंकित

काठमाडौँ । सत्ता गठनबन्धन दलका शीर्ष नेताहरुले एनसेलको शेयर खरिदबिक्री शंकाष्पद रहेको निष्कर्ष निकालेका छन् । मंगलबार बालुवाटारमा बसेको उक्त बैठकपछि सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ । उक्त प्रकरणको आवश्यक अध्ययन तथा छानबिन समिति बनाइने भएको हो । बताइन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको प्रति शीर्ष नेताहरुले आशंका व्यक्त गरेका थिए । एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।...
एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको शेयर बिक्रीमा के भएको हो ?, छानबीन गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीबारे गम्भीर चासो राख्दै छानबीनका लागि निर्देशन दिएका छन् । यसप्रकरणमा प्रचलित कानूनी प्रावधानको पालना भए नभएको अध्ययन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यता सोमबारनै सिंहदबारमा सम्पादकहरूसँग कुरा गर्दै एनसेलको शेयर बिक्रीबारे सरकारले टीम नै बनाएर अध्ययन गरिरहेको बताएका थिए । सरकारको सहमतिबिना एनसेल किनबेच हुन नसक्ने उनको भनाई थियो । एनसेलको ठूलो लगानीकर्ता मलेसियन कम्पनी आजिआटाले एक बेलायती कम्पनीलाई शेयर बेचेपछि यसको चर्चा चुलिएको छ ।...
लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

लगानी सम्मेलनको पूर्व सन्ध्यामा आएको अशुभ समाचार

नेपाल । दूरसञ्चार सेवा प्रदायक एनसेलको ठूलो लगानीकर्ता अजियाटा ग्रुप नेपालले बाहिरिने निर्णय गरेको छ । आगामी बैशाखमा नेपाल सरकारले विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा भएको लगानी पनि बाहिरिने अशुभ समाचार सार्वजनिक भएको हो । व्यवसायिक चुनौतीहरु बढ्दै गएको भन्दै कम्पनीले नेपालबाट बाहिरिने निर्णयमा पुगेको उल्लेख गरेको छ ।...
नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

नेपालमा टिकटक अझै बन्द, अदालतले पनि दिएन साथ

काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।...
टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपालकै ‘रमाइलो’ एप

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा  भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो । नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्त...
‘टिकटक’ बन्द गर्ने नेपाल सरकारको निर्णय, के हो कारण ?

‘टिकटक’ बन्द गर्ने नेपाल सरकारको निर्णय, के हो कारण ?

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । “टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसबारे तयारी थालि...
पहिलो तीन महिनामा टेलिकमको आम्दानी ३९ करोड घट्यो

पहिलो तीन महिनामा टेलिकमको आम्दानी ३९ करोड घट्यो

काठमाडौँ । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ । उक्त रकम गत आवको सोही अवधिको कूल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो । गत आवमा रू ११ अर्ब चार करोड ९० हजार आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा रु ३९ करोड १२ लाख ९७ हजार कमी भएको टेलिकमले जनाएको छ । कम्पनीको कूल सञ्चालन आय पनि रू ४९ करोड २५ लाख २१ हजार घटेको छ । चालु आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आय रू आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल सञ्चालन आय रू नौ अर्ब सात करोड ७५ लाख ८४ हजारको तुलनामा रू ४९ करोड २५ लाख २१ हजार (अर्थात्...