२ असार २०८२, सोमबार

विज्ञान/प्रविधि

१० महिनापछि नेपालमा टिकटक खुला गर्ने नेपाल सरकारको निर्णय

१० महिनापछि नेपालमा टिकटक खुला गर्ने नेपाल सरकारको निर्णय

नेपाल । गत वर्षको कात्तिक महिनादेखि नेपालमा बन्द गरिएको टिकटक सरकारले खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक चलाउन लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, नेपालमा भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।...
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

नेपाल । विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गर्दै आइरहेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ । इसेवाको हकमा भने अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समय अगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो । इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो । गत वैशाख २८ गतेदेखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो । गुगलले बिजनेस...
अचानक डाउन भएको नेपालको इन्टरनेट सेवा बिहीबार रातिबाट सुचारु

अचानक डाउन भएको नेपालको इन्टरनेट सेवा बिहीबार रातिबाट सुचारु

नेपाल । बिहीबार दिउँसो अचानक डाउन भएको नेपालको इन्टरनेट सेवा रातिबाट सुचारु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेर इन्टरनेट नचलेको भन्ने समाचार खण्डन गरेको केही घण्टामै इन्टरनेट सेवा सुचारु हुन थालेको हो । रकम भुक्तानी नहुने भएपछि भारतको एअरटेलले इन्टरनेट ब्याण्डविथ काटेको र नेपालमा इन्टरनेट सेवाप्रदायकबाट प्राप्त सेवा ठप्प भएको केही कम्पनीले दावी गरेका थिए । मन्त्रालयले उक्त समाचारको विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो । त्यसपछि इन्टरनेट सेवाप्रदायक कम्पनीले इन्टरनेट रिस्टोर भएको जानकारी गराए । इन्टरनेट डाउन भएपछि सरकारको सामाजिक संजालमा व्यापक आलोचना भएको थियो । ...
१० अर्ब बढी कर छलि गर्ने सफ्टवेयर बनाउने कम्पनी बिरुद्ध मुद्दा दर्ता

१० अर्ब बढी कर छलि गर्ने सफ्टवेयर बनाउने कम्पनी बिरुद्ध मुद्दा दर्ता

नेपाल । राजस्व अनुसन्धान विभाग १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले कर छलि गरेको ठहरसहित कोटीभिटी नेपाल प्रालि बिरुद्ध आइतबार उच्च अदालत पाटमा मुद्दा दायर गरेको हो । उक्त कम्पनीले पटक–पटक शेयर स्वामित्व परिवर्तन गर्दै आएको र सोको जानकारी तथा तिर्नुपर्ने राजस्व नतिरेको विभागको दाबी छ । सो कम्पनी पूर्णरुपमा विदेशी लगानी भएको कम्पनी हो । आर्थिक वर्ष २०७२–०७३ मा कम्पनीको १७ लाख ५ हजार २ सय २ कित्ता शेयर भेरिक्स हेल्थ इन्क, सयुक्त राज्य अमेरिकाको नाममा बिक्री भएको देखिन्छ । विभागले ५ अर्ब १८ करोड, २२ लाख कर छलि गरेको र सोको बिगो जरिवाना सहित १० अर्ब ३६ करोड बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो । भएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । कम्पनीले सफ्टवेयर निर्माण गरी अमेरिका निर्यात गर्ने गरेको छ ।...
भष्टाचार गर्ने दूरसञ्चार प्राधिकरणका २० जना बिरुद्ध मुद्दा दर्ता

भष्टाचार गर्ने दूरसञ्चार प्राधिकरणका २० जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको ठहर गरेको छ । अख्तियारले सोही आरोपमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित २० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरिएको छ । अख्तियारले मुद्धा दायर गरेकाहरुमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तमप्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्द राज खनाल, निर्देशक मिन प्रसाद अर्याल, उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक संदिप अधिकारी, उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहा...
मंगलबार राति १ घण्टा बन्द भएका फेसबुक, ईन्स्टाग्राम पुनः सुचारू

मंगलबार राति १ घण्टा बन्द भएका फेसबुक, ईन्स्टाग्राम पुनः सुचारू

अमेरिका । मंगलबार नेपाली समयअनुसार राति ९ बजेदेखि बन्द भएका मेटा प्लेटफर्म अन्तर्गतका फेसबुक, ईन्स्टाग्राम पुनः सुचारू भएका छन् । डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुनः सञ्चालनमा आएको हो । ती प्लेटफर्महरु विश्वभर डाउन भएको बुझिएको छ । एजेन्सीहरुका अनुसार मेटा लगायत गुगल र युट्युबसम्म केही समयका लागि बन्द भएका थिए ।...
चन्द्रमामा पहिलो पटक अमेरिकी निजी कम्पनीको व्यावसायिक यान अवतरण

चन्द्रमामा पहिलो पटक अमेरिकी निजी कम्पनीको व्यावसायिक यान अवतरण

अमेरिका । अमेरिकाको एउटा निजी कम्पनी बिहीबार चन्द्रमामा आफ्नो अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । ह्यूस्टनस्थित ‘इन्टूइटिभ मशीन्स’ले आफ्नो ओडिसिअस रोबट चन्द्रमाको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण गराएको हो । पृथ्वीबाट उक्त अन्तरिक्षयानको उडान र अवतरण नियन्त्रण गर्ने टोलीलाई ओडिसिअस चन्द्रमामा ओर्लिएको निर्क्योल गर्न केही बेर लाग्यो । केही मिनेटमा सङ्केत पाएपछि उनीहरूले सफल अवतरणबारे जानकारी दिए । ‘कुनै द्विविधाबिना हाम्रो उपकरण चन्द्रमाको सतहमा छ भन्ने हामी पुष्टि गर्न सक्छौँ अनि हामी सञ्चार गरिरहेका छौँ’, फ्लाइट निर्देशक टिम क्राइनले घोषणा गरे । उक्त खबरसँगै सो कम्पनीका कर्मचारीहरूले ताली बजाइर हर्षोल्लास गरेका थिए । इन्टूइटिभ मशीन्सको सफलता अन्तरिक्षको व्यावसायिक उपभोगका लागि मात्र नभएर सामान्य रूपमै समेत अमेरिकी अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण...
एष्ट्रोनोभा फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने

एष्ट्रोनोभा फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने

नेपाल (हेटौंडा) । हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा बाबाटुन्डे आयोला नियुक्त भएका छन् । बुधबार रिपोटर्स क्लब नेपाल मकवानपुरको संयोजनमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले नाइजेरियाका नागरिक आयोलालाई नियुक्ती पत्र प्रदान गरेका हुन् । बाल मनोविज्ञसमेत रहेका आयोलाले फाउण्डेशनका गतिविधि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने एवम् अन्तर्राष्ट्रियस्तरका बैज्ञानिकसँग समन्वय तथा सम्बन्ध विस्तार गरी नेपालीहरुको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउन पहल गर्ने बताए । सो अवसरमा अध्यक्ष बास्तोलाले फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने बताए । हाल विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला स्थ...
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिएको राजीनामा स्वीकृत

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिएको राजीनामा स्वीकृत

नेपाल । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले मंगलबार मंगलबार बुझाएका हुन् । मंगलबारनै उनको राजीनामा स्वीकृत भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेकै बेला उनको राजीनामा आएको हो । उनी २०७६ साउन ९ गते प्राधिकरणको अध्यक्ष भएका थिए ।...
गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा राजु अधिकारी सम्मानित

नेपाल । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन् । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन् । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, इीभ्म् खाद्य पदार्थ आदिमा आवश्यक पर्ने ...