१ चैत्र २०८२, आईतवार

खेलकुद

एसिसी यु-१९ प्रिमियर कपमा युएईसँग नेपाल पराजित

एसिसी यु-१९ प्रिमियर कपमा युएईसँग नेपाल पराजित

नेपाल । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो । सोमबार फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५–२५ रनको योगदान गरे पनि जिताउन सक्नुभएन । बलिङमा युएईका युग जै शर्मा र अली असगर शम्सले तीन–तीन विकेट लिनुभयो । यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन बनाउनुभयो । बलिङमा नेपालका दयानन्द मण्डलले ६ विकेट लिनुभयो । अपराजित पौडलले दुई तथा कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक एक विकेट लिनुभयो । यसैबीच नेपाल र युएई एसिया कप खेल्नका ला...
काठमान्डु गोर्खाजको चौथो जित, प्लेअफ पुग्ने सम्भावना बलियो

काठमान्डु गोर्खाजको चौथो जित, प्लेअफ पुग्ने सम्भावना बलियो

नेपाल । जेराल्ड इरसमस र जोन सिम्पसन चम्किएपछि काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार साँझ भएको खेलमा काठमान्डु कर्णाली याक्सलाई पाँच विकेटले हराउँदै प्लेअफ उन्मुख बनेको हो । जितसँगै लिगमा ६ खेल सकेको काठमान्डुको आठ अङ्क पुगेको छ । पराजित कर्णालीको प्लेअफ सम्भावना कमजोर बन्दै गएको छ । पाँच खेलमा चौथो हार खेपेको कर्णालीको दुई अङ्क छ । यस्तै दुई खेल अगावै प्लेअफमा स्थान बनाएको अपराजित सुदूरपश्चिम रोयल्स पाँच खेलबाट १० अङ्क जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको विराटनगर किङ्सको पाँच खेलबाट आठ अङ्क छ । जितका लागि एक सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । काठमान्डुका लागि जेराल्ड इरसमसले अविजित ४३ रन बनाउनुभ...
एनपीएलमा आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै

एनपीएलमा आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै

नेपाल । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ । यता सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । त्यसैगरी शनिबार नै लुम्बिनी लायन्...
शनिबार एनपिएलमा लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

शनिबार एनपिएलमा लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

नेपाल । राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार पनि दुई खेल हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ । यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरि...
एनपीएलमा पोखरा र सुदूरपश्चिमको जीत, शुक्रबार चार टोलीबीच प्रतिष्पर्धा

एनपीएलमा पोखरा र सुदूरपश्चिमको जीत, शुक्रबार चार टोलीबीच प्रतिष्पर्धा

नेपाल । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । यता, साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोलीसमेत बनेको छ । जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठ...
नेपाल यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

नेपाल यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

नेपाल । नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो । लगातार दोस्रो जित निकालेको नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसअघि मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हराएको थियो । जितका लागि नेपालले दिएको दुई सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको हङकङ ४०।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली युएई र ओमान भिड्नेछन् ।...
एनपिएलमा विराटनगर किङ्सलाई चितवन राइनोजले हरायो

एनपिएलमा विराटनगर किङ्सलाई चितवन राइनोजले हरायो

नेपाल । रन्जिक कुमार एक्लैले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई चितवन राइनोजको नमिठो झट्का लागेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो । विराटनगरको अपराजित यात्रामा बाधक बनेसँगै दोस्रो जित निकालेको चितवनले प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । जितका लागि एक सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगर १६।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । विराटनगरका लागि मर्सेन्ट डे लन्जले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै प्रतिश जिसीले ३० र साम हिजलेटले २२ रन बनाउनुभयो । विराटनगरलाई स्तब्ध बनाउन बलिङमा चितवनका रन्जित कुमारले पाँच विकट लिनुभयो । उहाँले चार ओभरमा २१ रन खर्चिएर विकेट लिनुभएको हो । रन्जित जारी एनपिएलको एउटै खेलमा सर्वाधिक पाँच विकेट लिने खेलाडी पनि ब...
एनपिएल क्रिकेटमा काठमान्डु गोर्खाजको दोस्रो जित

एनपिएल क्रिकेटमा काठमान्डु गोर्खाजको दोस्रो जित

नेपाल । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हरायो । जितका लागि एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाउनुभयो । दीलिप नाथले २५ रन बनाउनुभयो । यस्तै डी’आर्की सटले २२, कप्तान रोहित पौडेल र गुलवदिन नैबले ११र११ रन बनाउनुभयो । बलिङमा काठमान्डुका मिलन्ड कुमार र जेराल्ड इरासमसले दुई दुई तथा शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक एक विकेट लिनुभयो । करण केसी प्लेयर अफ दि म्याच हुनुभयो । यसअघि टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । काठमान्डुका ला...
एनपीएलमा सुदूरपश्चिम र विराटनगरको लगातार तेस्रो जीत

एनपीएलमा सुदूरपश्चिम र विराटनगरको लगातार तेस्रो जीत

नेपाल । कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्‍यो । जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो । लगातार तीन खेल जित्दै समान ६ अङ्क बनाएको विराटनगर किङ्सले दोस्रो स्थानमा छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ । जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर...
एनपीएल क्रिकेटमा सोमबार दुई खेल हुँदै

एनपीएल क्रिकेटमा सोमबार दुई खेल हुँदै

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ । जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। दोस्रो खेलमा सोमबारनै सुदूरपश्चिम र कर्णाली आमनेसामने हुनेछन् । सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । ८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन् । समान ४–४ अंक जोडे पनि नेट रन रेट आधारमा विराटनगर शीर्ष स्थानमा छ । यी दुवै टोलीले काठमाण्डु गोर्...