३० भाद्र २०८२, सोमबार

खेलकुद

आईपीएलको शनिबार सम्पन्न खेलमा पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स विजयी

आईपीएलको शनिबार सम्पन्न खेलमा पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स विजयी

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार सम्पन्न दुई खेलमा पञ्जाव किंग्स र कोलकाता नाइटराइडर्स विजयी भएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो । खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको हो । त्यस्तै कोलकाता नाइटराइडर्सले शनिबार आईपीएल २०२४ मा सनराइजर्स हैदराबादमाथि रोमाञ्चक चार रनको जित निकालेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा २०८ रन बनाएका थियो । जवाफमा हैदराबादले सात विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो ।...
एनआरएनए युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

एनआरएनए युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने

युएई । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ एनआरएनए एनसीसी युएईको आयोजनामा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । युएईमा पहिलो पटक सर्वाधिक राशी सहितको तेस्रो एनआरएनए भलिबल कप प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही अप्रिल १४ तारिखका दिन युएईको दुवई सहर स्थित अल वासल स्पोर्ट्स क्लब, जद्दाफमा हुने भएको छ । खेलकुदका माध्यमबाट आपसी भाईचारा, सामाजिक सदभाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने उद्देश्यका साथ नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले हरेक वर्ष झैं यसवर्ष पनि बार्षिक कार्यतालिका अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको नेपाल एसोसिएसन(एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीले युएईमा स्थापित सम्पुर्ण संघसंस्थाहरू तथा युएईमा रहेका नेपाली भलिबल क्लबहरुलाई आफ्नो टिम दर्ता गर्न अपिल पनि गर्नुभयो । उहाँले यो प्रतियो...
आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) को सत्रौँ संस्करण शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको छ । एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच तालिका छ । ...
शुक्रबार रातिबाट १७औं संस्करणको आईपीएल क्रिकेट शुरु हुँदै

शुक्रबार रातिबाट १७औं संस्करणको आईपीएल क्रिकेट शुरु हुँदै

नेपाल । शुक्रबार रातिदेखि १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट भारतमा शुरु हुँदैछ । चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेबाट पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्चजर्स बैंग्लोरबीच खेल हुनेछ । बैंग्लोरको कप्तानी विरोट कोहलीले गर्नेछन् भने चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्नेछन् । आईपीएलमा चेन्नई र मुम्बई इन्डियन्सले ५–५ पटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले २ पटक उपाधि जितेको छ । सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, डेक्कन चार्जर्स र गुजरात टाइटन्स एकएक पटक आइपिएलको उपाधि जितेका छन् ।  ...
विश्वकप छनौट खेलमा बहराइनसँग नेपाल ५-० गोलले पराजीत

विश्वकप छनौट खेलमा बहराइनसँग नेपाल ५-० गोलले पराजीत

नेपाल । बहराइनमा बिहीबार राति सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजीत गरेको छ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको हो । बहराइनले तीन गोल पहिलो हाफमा र २ गोल दोस्रो हाफमा गरेको थियो । नेपालका तर्फबाट भने कुनै गोल हुन सकेन । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार मै खेल्नेछ । बहराइन विरुद्धको खेलमार्फत नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् ।...
नेपाली क्रिकेटको भविष्य राम्रो छः आईसीसी अध्यक्ष ग्रेग

नेपाली क्रिकेटको भविष्य राम्रो छः आईसीसी अध्यक्ष ग्रेग

नेपाल । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीहरुसँग भेटघाट गरेका छन् । यसैक्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा बार्कलेले भ्रमण निकै उपलब्धिमूलक रहेको उल्लेख गरे । तर पनि तत्काल नेपालमा ठूला क्रिकेट प्रतियोगिताहरु आयोजना हुन नसक्ने प्रतिक्रिया दिए । अझै धेरै पूर्वाधारको विकास हुनु आवश्यक रहेकाले तत्काल नेपालमा कुनै पनि ठूला आयोजना हुन नसक्ने बताएका हुन् । नेपाली क्रिकेटको भविष्य राम्रो रहेको प्रतिक्रिया पनि दिए । ...
फिफा विश्वकप छनौटमा नेपाल र बहराइन खेल्दै

फिफा विश्वकप छनौटमा नेपाल र बहराइन खेल्दै

नेपाल । बिहीबार राति पौने १ बजे फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बहराइनसँग खेल्दैछ। एएफसीले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमा खेल्ने भएको हो । नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो । समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ। बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।...
कोइलीलाई पराजीत गर्दै भङ्गेरा समूहले जित्यो बोस्टन खुला बास्केटबल प्रतियोगिताको उपाधि

कोइलीलाई पराजीत गर्दै भङ्गेरा समूहले जित्यो बोस्टन खुला बास्केटबल प्रतियोगिताको उपाधि

सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा आयोजित खुला बास्केटबल प्रतियोगिताको उपाधि ‘भङ्गेरा’ समूहले प्राप्त गरेको छ । उपाधिका लागि गत २०२४, मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा भएको अन्तिम खेलमा, भङ्गेरा समूहले ‘कोइली’ समूहलाई २४–१४ को सेटमा पाखा लगाउदै उपाधि हात पार्न सफल भएको हो । खेलकुद आइएनसिले आयोजना गरेको प्रतियोगिता, गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिसद्, म्यासाच्युसेट्स च्याप्टरको समन्वयमा सम्पन्न भएको हो । नकआउट विधि अवलम्बन गरेर खेलाइएको उक्त खेलहरुमा डाँफे, मुनाल, भङ्गेरा, सुगा, हेरोन, टोड्के, कोइली र मयूर गरी ८ टिमले भाग लिएका थिए। पहिलो चरणको रोमाञ्चकारी प्रतिस्पर्धाहरुमा मुनालले डाँफेलाई, भङ्गेराले सुगालाई, हेरोनले टोड्केलाई र कोइलीले मयुरलाई पराजित गर्दै सेमिफाइनलमा प...
आयरल्याण्डसंगको खेलका लागि नेपाली टोली घोषणा

आयरल्याण्डसंगको खेलका लागि नेपाली टोली घोषणा

नेपाल । चैत १२ देखि २५ गतेसम्म हुने एकदिवसीय र टी–२० सिरिजमा आयरल्याण्डसंगको खेलका लागि नेपाली टोली घोषणा भएको छ । क्रिकेट संघ (क्यान)ले ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा सिनियर टिमबाट खेलिसकेका खेलाडीहरुलाई पनि समेटिएको छ । टोलीमा भीम सार्की, देव खनाल, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी र पवन सर्राफसहितका खेलाडीहरु रहेका छन् । नेपाल ‘ए’ र आयरल्यान्डबीच ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० सिरिज हुनेछ । ...
खेलकुद आइएनसीले बोस्टनमा खुला बास्केटबल प्रतियोगिता गर्ने

खेलकुद आइएनसीले बोस्टनमा खुला बास्केटबल प्रतियोगिता गर्ने

सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको न्यू इङल्याण्डवासी प्रवासी नेपाली युवाहरुको सक्रियतामा गठित संस्था खेलकुद आइएनसीले बोस्टनमा खुला बास्केटबल प्रतियोगिता गर्ने भएको छ । ‘स्वास्थ्य, कल्याण, समुदाय र सामुहिक कार्य’ लाई आफ्नो मूल मन्त्र बनाएर संस्थागत उद्देश्य प्राप्तिका लागि सक्रिय भइरहेको यस संस्थाले, यही आउदो मार्च १७ तारिख आइतवारका दिन 47 Elm st. Everett, MA-02149 स्थित Everett Recreation Center मा उक्त बास्केटबल प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगिता गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए) म्यासाच्युसेट्स च्याप्टरसंगको समन्वयमा हुदैछ । शारीरिक तथा मानसिक वृति विकासमा टेवा पुर्याउने, समुदाय भित्र रहेका प्रतिभाहरुको खोजी गर्ने, प्रतिभा देखाउन चाहनेहरुलाई अवसर प्रदान गर्ने र आपसी एकतालाई थप मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्ने प्रतियोगिताको मुख्य उ...