१४ कार्तिक २०८२, शुक्रबार

खेलकुद

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हरायो

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हरायो

नेपाल । साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो । लिभरपुलको जितमा रायन ग्रेभेनबर्चले ३५औँ ह्युगो एकिटिकेले ४६औँ र रियो एनगुमोहले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । यस्तै न्युक्यासलका लागि ब्रुनो गुइमेरेसले ५७औँ र विलियम ओसुलाले ८८ मिनेटमा गोल गर्नुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्टोन गोर्डनले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको न्युक्यासलको हार टार्ने प्रयास अन्तिममा सफल भएन । जितसँगै लिभरपुलले ६ अङ्क बनाएको छ । पराजित न्युक्यासलको समान खेलबाट एक अङ्क छ ।...
अष्ट्रेलियामा जारी टी-२० अभ्यास खेलमा नेपालको दोस्रो जीत

अष्ट्रेलियामा जारी टी-२० अभ्यास खेलमा नेपालको दोस्रो जीत

नेपाल । नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३।२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाउनुभयो । गुलसन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाउनुभयो । बलिङमा एसिटीका इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबेले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटी १७।२ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । एसिटीका लागि निक ब्रोएसले १६ रन बनाउनुभयो । ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले १५र१५ रन बनाउनुभयो । जेक स्मिथले १० रन जोड्नुभयो । बलिङमा नेपाल...
स्पेनिस ला लिगामा रियल म्याड्रिडद्वारा रियाल ओभिडिओ पराजीत

स्पेनिस ला लिगामा रियल म्याड्रिडद्वारा रियाल ओभिडिओ पराजीत

नेपाल । केलियन एमबाप्पे चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल ओभिडिओमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियाल ओभिडिओलाई ३–० गोलले हरायो । पाहुना टोली रियलको जितमा एमबाप्पेले दुई ३७औँ र ८३औँ मिनेटमा दुई गोल गर्नुभयो । भिनिसियस जुनियरले दोस्रो हाफको इन्जुरी समयका गोल गर्दै रियललाई सजिलै जिताउनुभयो । एकपक्षीय खेलमा रियलको दबाब झेलेको ओभिडिओको गोल फर्काउने प्रयास सफल भएन । लिगमा लगातार दोस्रो जित निकालेको रियलले ६ अङ्क बनाएको छ । दोस्रो हार खेपेको ओभिडिओ अङ्कविहीन छ ।...
नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी-२० सिरिज खेल्ने

नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी-२० सिरिज खेल्ने

नेपाल । नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले भारतको गुवाहटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म सिरिज खेल्न लागेको हो । भारतको आसाम प्रदेशसँग सिरिज खेल्ने तय भएको क्यानले जनाएको छ । क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपालको मुख्य टोली भने अहिले टप एन्ड टी–२० सिरिजका लागि अष्ट्रेलियामा छ । नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको छ । भारत भ्रणका लागि क्यानले घोषणा गरेको खेलाडीहरुमा कप्तान साहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री हुनुहुन्छ ।...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजीत

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजीत

अमेरिका । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दोस्रो खेलमा आफ्नै मैदानमा टोटेनह्याम हट्सपरसँग २–० ले पराजित भएको छ । टोटनह्यामले नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्यो । गत नोभेम्बरमा पनि स्पर्सले सिटीलाई उसकै मैदानमा ४–० ले हराएको थियो । यसपटक पनि पहिलो हाफको दुई गोलको अग्रता जोगाउँदै हट्सपरले ३ अंक जोड्न सफल भयो । खेलको सुरुवातमा ओमार मार्मोसले राम्रो अवसर गुमाउन पुगेका थिए। त्यस्तै, गोलरक्षक गुग्लिएल्मो भिकारियोले पनि राम्रो अवसरमा चुकेका थिए । तर, खेलको ३५ औँ मिनेटमा स्पर्सले अग्रता लियो। रिचार्लिसनको लो क्रसलाई ब्रेनन जोनसनले गोलमा परिणत गरे। सुरुमा अफसाइडको कारण गोल अस्वीकृत भए पनि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा उक्त गोलले मान्यता पायो । सिटीका लेफ्ट–ब्याक रायन एइट नुरीको चोटका कारण पहिलो हाफमा सात मिनेट थपिएको खेलमा स्पर्सले ...
नेपालले भुटानलाई २-१ गोलले हरायो

नेपालले भुटानलाई २-१ गोलले हरायो

नेपाल । नेपालले साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो । च्याम्पियनसिपमा नेपालले पहिलो जित हो । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो । नेपालका लागि दुवै गोल सहारा लिम्बुले दोस्रो हाफमा गर्नुभयो । यसअघि भुटानने पहिलो हाफमा शेगेलको गोलमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा गोल फर्काउने भुटानको योजना सफल भएन । जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । भुटानले दोस्रो हार खेपेको छ । भुटान आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले अब अर्को खेल भारतस...
अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो जित

नेपाल । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभर खेल्दै सबै विकेट गुमाएर १०६ रनमा समेटिएको हो । नेपालको जितमा बलिङतर्फ सोमपाल कामीले पाँच विकेट हात पार्नुभयो । चार ओभर बलिङ गर्दा १७ रन दिएर सोमपालले पाँच विकेट हात पार्नुभएको हो । डार्विनको काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिनुभयो । उहाँले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाउनुभो । त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन थप्नुभयो । भी...
अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालको पहिलो जीत

अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालको पहिलो जीत

नेपाल । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६।१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक बन्नुभयो । तीन ओभर बलिङ गर्नुभएका नन्दनले १७ रन दिएर पाँच विकेट हात पार्नुभएको हो । यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउनुहुँदा आशिफ शेखले २९ रन जोड्नुभयो। कुशल भुर्तेलले २७ रन बनाउँदा नेपालका लागि लोकेश बमले नटआउट विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोड्नुभयो। भीम सार्कीले १८ रन जोड्नुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपाललाई सस्तैमा रोक्न हर...
अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो हार

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो हार

नेपाल । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ । डार्विनस्थित टिआइओ मैदानमा सोमबार भएको खेलमा नेपाल स्थानीय मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४४ रनमा समेटिएको थियो । नेपालका लगि आसिफ शेखले सर्वाधिक ५३ रन बनाउनुभयो । यस्तै कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५ र कुशल मल्लले ११ रन बनाउनुभयो । बलिङमा मेलबर्नका अस्टिन एनलेजार्क र डग वारेनले दुई दुई तथा आर्यन शर्मा र क्रिस होवेले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थि...
आर्सनलद्वारा म्यानचेस्टर युनाटेइड १-० गोलले पराजीत

आर्सनलद्वारा म्यानचेस्टर युनाटेइड १-० गोलले पराजीत

नेपाल । आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाटेइडमाथि कठिन जित निकालेको छ । ओल्ट ट्राफोर्डमा आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडलाई १–० गोलले हरायो । पाहुना टोली आर्सनललाई जिताउन रिकार्डो कालाफिओरीले १३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । जितसँगै आर्सनलले तीन अङ्क बनाएको छ । युनाइटेडले हारबाट सिजनको सुरुवात गरेको छ । आइतबार राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ गोलले हरायो । चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे ।...