१ चैत्र २०८२, आईतवार

खेलकुद

काराबाओ कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सहज जित

काराबाओ कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीको सहज जित

नेपाल । म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडमाथि सहज जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा पाहुना टोली सिटीले न्युक्यासललाई २–० गोलले हरायो । सिटीको जितका एन्टोइन सेमेन्योले ५३औँ र रायन चेर्कीले इन्जुरी समयमा गोल गर्नुभयो । दोस्रो लेग फेब्रुअरी ५ तारिखमा सिटीको घरेलु मैदानमा हुनेछ । अर्को सेमिफाइनल खेलमा चेल्सी र आर्सनलबिच आज राति प्रतिस्पर्धा हुनेछ ।...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने

नेपाल । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले श्रीलङ्कामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएनसनको टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलङ्का र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । नेपाली टोली अर्को साता श्रीलङ्का जाने क्यानले जनाएको छ । करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फकिने क्यानले जनाएको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित ...
बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

नेपाल । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जिद्दामा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोलले हरायो । बार्सिलोनाको यो कीर्तिमानी १६औँ उपाधि हो । ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनालाई जिताउन राफिन्हाले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गर्नु भयो । रियलका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक एक गोल गर्नु भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो । खेलको अन्तिममा फ्राङ्की डि जोङले रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा खेल सकेको थियो ।...
एन्फाको निर्वाचन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

एन्फाको निर्वाचन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

नेपाल । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कृपासुर कार्कीको एक इजलासले सोमबार एन्फाको निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । “उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ । एन्फाले आगामी माघ २८ गते निर्वाचन हुने तालिका सार्वजनिक गरेको थियो । अदालतले दुवै पक्षको छलफलका लागि आगामी माघ ६ गते पेशी तोकिएको छ । अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा आगामी असार ४ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले अग्रिम चुनाव नगर्न आदेश माग गरिएको थि...
आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा

आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ। मंगलबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक समावेश हुनुभएको छ । नयाँ खेलाडीमा बसिर अहमद विश्वकप टोलीमा पर्दा कुशल मल्ल र आदिल आलम छुट्नुभएको छ। नेपालको टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम । ...
इङ्लिस प्रिमियर लिगमा सिटीलाई चेल्सीको झट्का

इङ्लिस प्रिमियर लिगमा सिटीलाई चेल्सीको झट्का

अमेरिका । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार म्यानचेस्टर सिटीलाई मध्यम टोली चेल्सीको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटी पाहुना टोली चेल्सीसँग १–१ गोलको बराबरीका रोकियो । चेल्सीले खेलको अन्तिममा गोल फर्काउँदै सिटीबाट एक अङ्क खोसेको थियो । यस बराबरीले शीर्षस्थानमा रहेको आर्सनललाई फाइदा पुगेको छ । सिटीका लागि टिजानी रेइजन्डर्सले ४१औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो । त्यसपछि चेल्सीले दोस्रो हाफको इन्जुरी समयमा एन्जो फर्नान्डेजको गोलमा बराबरी गरेको थियो । बराबरीसँगै दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४२ अङ्क छ । शीर्षस्थानमा रहेको आर्सनलको समान खेलबाट ४८ अङ्क छ । सिटीलाई रोकेको चेल्सी ३१ अङ्कसहित पाँचौँ स्थानमा छ ।...
महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा

महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा

नेपाल । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय हुनुहुन्छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्ब...
आइसिसी टी-२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा, को को समेटिए ?

आइसिसी टी-२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा, को को समेटिए ?

अमेरिका । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । स्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा टोलीमा म्याथ्यु शर्ट, म्याथ्यु कुहनेमान र जेभियर बार्टलेटले पहिलो पटक टोलीमा स्थान बनाउनुभएको छ । विश्वकपमा अस्ट्रेलियाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा आयरल्यान्ड, जिम्बावे, श्रीङ्लका र ओमान रहेको छ । अस्ट्रेलियन टोली – मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कुपर कोनली, प्याट कमिन्स, टिम डेभिड, क्यामरन ग्रीन, नेथन एलिस, जोस हेजलवूड, ट्राभिस हेड, जोस इङ्गिलस, म्याथ्यु कुनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट, मार्कस स्टोइनिस र एडम जाम्पा ।...
पाँच जना राखेप वोर्ड सदस्य नियुक्त

पाँच जना राखेप वोर्ड सदस्य नियुक्त

नेपाल । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूवै प्रशिक्षक जगत टमटासहित पाँच जना नियुक्त हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार रिक्त रहेको सदस्य पदमा टमटासहित नेपाल तेक्वान्दो सङ्घका सदस्य कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्कीलाई नियुक्त गर्नुभएको हो । मन्त्री गुप्ताले शुक्रबारनै पाँचै जना सदस्यहरुलाई सपथ गराउनुभयो । सबै सदस्यको कार्यकाल चार वर्ष रहनेछ ।...
महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

नेपाल । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको समूह विभाजन खेल खेल तालिका अनुसार नेपालको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग परेको हो । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिमेट मैदानमा हुने छ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी ९पिएनजी०, नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी...