३० भाद्र २०८२, सोमबार

खेलकुद

आईपीएलमा सनराइजर्स हैदराबादद्वारा चेन्नई सुपर किंग्स पराजीत

आईपीएलमा सनराइजर्स हैदराबादद्वारा चेन्नई सुपर किंग्स पराजीत

नेपाल । इण्डियन प्रियिमर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले घरेलु मैदानमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित हासिल गरेको छ । चेन्नईले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । जितपछि ४ खेलबाट ४ अंक बटुल्दै हैदराबाद पाँचौँ स्थानमा छ । समान अंक भए पनि नेट रनरेटका आधारमा चेन्नई तेस्रो स्थानमा छ । यसैबीच आईपीएलमा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ । ...
आईपीएलमा पन्जाब किंग्सद्वारा गुजरात टाइटन्स पराजीत

आईपीएलमा पन्जाब किंग्सद्वारा गुजरात टाइटन्स पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । ...
नेपाली राष्ट्रिय क्रिकेट टोली एसएमएस कपको फाइनलमा

नेपाली राष्ट्रिय क्रिकेट टोली एसएमएस कपको फाइनलमा

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोली एसएमएस कपको फाइनलमा पुगेको छ । भारतको गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) बुधबार भएको खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोडेको थियो । गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो । नेपालले लगातार तीन खेलमा तीनै जितसहित ६ अंक जोडेर अंक तालिकाको शीर्षमा रहँदै फाइनलमा स्थान बनाएको हो ।...
आईपीएलमा कोलकाताद्वारा दिल्ली पराजीत

आईपीएलमा कोलकाताद्वारा दिल्ली पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ । कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटिएको थियो । प्रतियोगितामा बिहीबार पञ्जाव किङ्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।...
मगर संघ कोलोराडो च्याप्टरद्वारा आयोजित भलिवल प्रतियोगितमा गोर्खाली टिम बिजयी

मगर संघ कोलोराडो च्याप्टरद्वारा आयोजित भलिवल प्रतियोगितमा गोर्खाली टिम बिजयी

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । २१ औं मगर संघ अमेरिकाको स्थापना दिवसको उपलक्ष्यमा मगर संघ अमेरिका, कोलोराडो च्याप्टर द्वारा आयोजित "1st MAUSA CUP पुरुष भलिवल प्रतियोगिता २०८०"  भब्यताका साथ सम्पन्न भएको छ । कोलोराडोको डेन्भर स्थित प्राइम भलिवल एकाडेमीमा मार्च ३१ मा सम्पन्न खेलमा गोर्खाली भलिवल टिम प्रतियोगिताको बिजेता बन्न सफल भएको हो । नेपाली मन, गोर्खाली, शिकारी युथ, Aurora युनाइटेड, TPLA र आयोजक टिम सहित जम्मा ६ टिम सहभागिता रहेको उक्त प्रतियोगिताको बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा यस क्षेत्रकै चर्चित भलिवल क्लव "नेपालि मन" लाई हराउदै गोर्खालीले १ सेटको बिरुद्ध ३ सेट आफ्नो पोल्टामा पारि च्याम्पियनको ट्रफी उचाल्न सफल बन्यो ।  "ग्रुप A" र "ग्रुप B" बिभाजन गरि लिग चरणमा खेलाईएको खेल "ग्रुप A" बाट नेपाली मन ग्रुप बिजेता र Aurora युनाइटेड ग्रुप Runner UP, "ग्रुप B" बाट गोर्खाली ग्...
रोयल च्यालेन्जर्स बेंग्लोरलाई लखनऊले २८ रनले हरायो

रोयल च्यालेन्जर्स बेंग्लोरलाई लखनऊले २८ रनले हरायो

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) ले तेस्रो हार बेहोरेको छ । ​मंगलबार सम्पन्न खेलमा घरेलु टोली आरसीबी लखनऊ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो। १८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटिएको थियो । बुधबार आईपीएलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।...
भारतीय भूमिमा नेपाली क्रिकेट टिमको चमत्कार, बरोडा २७ रनले पराजीत

भारतीय भूमिमा नेपाली क्रिकेट टिमको चमत्कार, बरोडा २७ रनले पराजीत

नेपाल । भारतमा नेपाली क्रिकेट टिमले चमत्कार देखाइरहेको छ । यसैक्रममा भारतमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको हो । नेपालले मंगलबार भएको खेलमा भारतीय स्टेट टीम बरोडालाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १२९ मा समेटिएको हो । नेपालले तेस्रो खेल बुधबार गुजरातसँग खेल्नेछ । पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो ।...
आईपीएलमा राजस्थानद्वारा मुम्बई पराजीत

आईपीएलमा राजस्थानद्वारा मुम्बई पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सोमबार सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित निकालेको छ। मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । ​ लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ भने तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा कायमै छ ।...
आईपीएलमा दिल्ली क्यापिटल्स र सनराइज हैदरबाद विजयी

आईपीएलमा दिल्ली क्यापिटल्स र सनराइज हैदरबाद विजयी

नेपाल । इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकालेको हो । जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सकेको थियो । यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ। आइतबार नै भएको अर्को खेलमा सनराइज हैदरबादलाई गुजरात टाइटन्सले ७ विकेटले हरायो । प्रतियोगिता अन्तरगत सोमबार मुम्बई र राजस्थान खेल्नेछन् ।...
नेपालद्वारा भारतको प्रदेश टीम गुजरात ८ विकेटले पराजित

नेपालद्वारा भारतको प्रदेश टीम गुजरात ८ विकेटले पराजित

नेपाल । त्रिकोणात्मक टि–२० सिरिजमा आइतबार भएको खेलमा नेपालले भारतको प्रदेश टीम गुजरातलाई ८ विकेटले पराजित गरेको छ । गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा पूरा गर्यो । अनिलकुमार शाहले ३२ र कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८ ओभर २ बलमा ९८ रनमा समेटिएको थियो । गुजरातका ओपनर रुद्र पटेलले २३ र हेमंग पटेलले २० रन बनाएका थिए । बलिङमा नेपालका गुलशन झाले ४, करन केसीले ३ र सोमपाल कामीले १ विकेट लिए ।  ...