४ चैत्र २०८२, बुधबार

खेलकुद

शुक्रबार र शनिबार युरो कपको क्वाटरफाइनल खेल हुँदै

शुक्रबार र शनिबार युरो कपको क्वाटरफाइनल खेल हुँदै

नेपाल । जर्मनमा जारी युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । शुक्रबार र शनिबार क्वाटर फाइनलका दुई–दुई खेल हुने भएका हुन् । स्पेन र जर्मनी, पोर्चुगल र फान्सको खेल शुक्रबार राति र इंगल्याण्ड तथा स्विडजरल्याण्ड र नेदरल्यणण्ड्सबीतको खेल शनिबार राति हुनेछ । युरो २०२४ को क्वाटरफाइनल खेलतालिका जुलाई ५ स्पेन भर्सेस जर्मनी, राति ९:४५ बजे, एमएचपी एरेना, स्टुटगार्ड पोर्चुगल भर्सेस फ्रान्स, मध्यराति १२:४५ बजे, भोल्पस्पार्कस्टाडिओन, ह्यामबर्ग जुलाई ६ इंग्ल्याण्ड भर्सेस स्विट्जरल्याण्ड, राति ९:४५ बजे, मर्कुर स्पाइल-एरेना, डुसेलडोर्फ नेदरल्याण्ड्स भर्सेस टर्की, मध्यराती १२:४५ बजे, ओलम्पिक स्टेडियम, बर्लिन...
कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा, अन्तिम ८ मा कुन कुन पुगे ?

कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा, अन्तिम ८ मा कुन कुन पुगे ?

अमेरिका । कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । बुधबार भएको ग्रुप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बुधबारको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो । अग्रता जोगाउन नसक्दा ब्राजिल समूह उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलका लागि १२औँ मिनेटमा राफिनाले गोल गर्दै अग्रता लिएको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै कोलम्बिया समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ भने ब्राजिल तीन खेलमा पाँच अंकका साथ अन्तिम आठमा पुग्यो । बुधबारकै अर्को खेलमा कोष्टारिकाले पारग्वेलाई २–१ ले पराजित गरे पनि दुवै टोली समूह चरणबाटै बाहिरिए । सेमिफाइनल प्रवेशका लागि कोलम्बियाले पनमाको सामना गर्दा उरुग्वेसँग ब्राजिलले खेल्नेछ । पहिलो क्वाटरफाइनलमा शुक्रबार बिहान अर्जेन्टिना ...
कोपाको क्वाटरफाइनलमा उरुग्वे र पानमा प्रवेश गर्दा अमेरिका बाहिरियो

कोपाको क्वाटरफाइनलमा उरुग्वे र पानमा प्रवेश गर्दा अमेरिका बाहिरियो

अमेरिका । कोपा अमेरिका २०२४ अन्तरगत आयोजक अमेरिकालाई १–० ले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । कान्सास सिटीस्थित एरोहेड स्टेडियममा भएको खेलमा उरुग्वेका लागि माथिएस ओलिभेराले ६६औं मिनेटमा निर्णायक गोल गरे । हारपछि अमेरिका भने समूह चरणबाटै बाहिरिएको छ । त्यसैगरी अर्को खेलमा पानमाले बोलिभयालाई ३–१ ले हराएपछि अमेरिका समूहमा तेस्रो हुँदै बाहिरिएको हो । पानमाका लागि जोस फाजार्डो, एडुअर्डो गुएरेरो र सेजार यानिसले गोल गरे । बोलिभियाका लागि ब्रुनो मिरन्डाले सान्त्वना गोल फर्काए । दुई खेल जितेको पानमा भने समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा उरुग्वेसँग पराजित भएपछि पानमाले अमेरिकालाई हराएको थियो ।...
नेदरल्याण्ड्स र टर्की यूरो कपको क्वाटरफाइनलमा

नेदरल्याण्ड्स र टर्की यूरो कपको क्वाटरफाइनलमा

अमेरिका । जर्मनीमा जारी यूरो कपमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३–० ले विजयी भएको हो ।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए । तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे । नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ। त्यसैगरी अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा मगलबार राति भएको खेलमा टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्...
फ्रान्स र पोर्चुगल युरो कपको अन्तिम ८ मा

फ्रान्स र पोर्चुगल युरो कपको अन्तिम ८ मा

अमेरिका । जर्मनीमा जारी युरो कप २०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाति गोलको मद्दतमा फ्रान्स अन्तिम आठमा पुगेको हो । खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । फ्रन्सका रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो। सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो खेल प्रदर्शन गरेका थिए । अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो । फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । यसैगरी गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी बचाउँदा पोर्चुगल युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्लोभेनियासँग निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थ...
कोपा अमेरिका कपः भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा

कोपा अमेरिका कपः भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा

अमेरिका । भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४–४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् । अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ। यो खेल जुलाई ५ मा हुने छ ।...
यूरो कपमा स्पेन र इङ्ल्यान्ड क्वाटर फाइनलमा

यूरो कपमा स्पेन र इङ्ल्यान्ड क्वाटर फाइनलमा

नेपाल । जर्मनीमा जारी यूरो कप अन्तरगत जर्जियाविरुद्ध जित दर्ता गर्दै स्पेनले क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४–१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए । यसैगरी स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको गेल्सेनकर्चेनमा भएको प्रि–क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गोल गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवात...
अजेन्टिना र क्यानडा कोपा अमेरिका कपको क्वार्टरफाइनलमा

अजेन्टिना र क्यानडा कोपा अमेरिका कपको क्वार्टरफाइनलमा

अमेरिका । कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले पेरुलाई हराएको छ । अपराजित छ। अर्जेन्टिनाले लाउटिरो मार्टिनेज चम्किँदा पेरुलाई २–० ले हरायो । आइतबार बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा मार्टिनेजले ४७औँ मिनेटमा र ८६औँ मिनेटमा गोल गरे । अधिकांश समय बल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाको यो जितसँगै ९ अंकका साथ ग्रुप ए बाट क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आजै भएको अर्को खेलमा क्यानडाले चिलीलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । ग्रुप ए बाट चिली र पेरु भने समूह चरणबाटै बाहिरिए ।...
भारतले जित्यो विश्वकप क्रिकेटको उपाधि, दक्षिण अफ्रिका स्तब्ध

भारतले जित्यो विश्वकप क्रिकेटको उपाधि, दक्षिण अफ्रिका स्तब्ध

अमेरिका । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन् । बलिङतर्फ भारतका अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्डेयले समान २–२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । भारतका लागि खेलमा ओपनर विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्किया र के...
इटाली स्विट्जरल्यान्डसँग पराजीत, जर्मनी क्वार्टरफाइनलमा प्रवेश

इटाली स्विट्जरल्यान्डसँग पराजीत, जर्मनी क्वार्टरफाइनलमा प्रवेश

अमेरिका । साबिक विजेता इटाली युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ । ओलम्पियास्ट्याडियन शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० गोलअन्तरले पराजित भएको हो स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए। जतिसँगै स्विजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अब क्वाटरफाइनलमा स्विजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ । यता, डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो । घरेलु टोली जर्मनीको जीतमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गर । पहिलो हाफको ३५ औँ मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले...