४ चैत्र २०८२, बुधबार

खेलकुद

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

नेपाल । नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले यो खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो । नेपालले उपाधिका लागि अब भारतसँग खेल्नेछ । यसअघि भारतले मंगलबारनै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए । जसमा घरेलु टोली नेपालले जितेको थियो । फाइनल खेल बुधबार हुनेछ । तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।...
नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा

नेपाल । नेपालमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने भएको छ । लिग चरणको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएर नेपालले इरानसँगको भिडन्त तय गरेको हो । सोमबार नेपालले मालदिभ्सलाई २५–८,२५–१९ र २५–१८ को सोझो सेटमा हरायो । नेपालले लिग चरणमा श्रीलंका र भारतलाई हराएको थियो भने इरानसँग हार ब्यहोरेको थियो । अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग खेल्ने छ ।...
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

अमेरिका । पेरिसमा जारी ओलम्पिक प्रतियोगितामा अरु भन्दा बढी पदक जितेर अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा हालसम्म अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्य जितेर पहिलो तथा चीन १९ स्वर्ण, १५ रजत र ११ कांस्यसहित दोस्रो स्थानमा छ । आयोजक फ्रान्सको १२ स्वर्ण, १४ रजत र १८ कास्य छ भने त्यसपछि अस्ट्रेलिया, बेलायत र दक्षिण कोरिया रहेका छन् । ...
काभा वुमन्स नेसन्स भलिबलमा नेपालद्वारा भारत पराजीत

काभा वुमन्स नेसन्स भलिबलमा नेपालद्वारा भारत पराजीत

नेपाल । काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत शनिबार भएको खेलमा नेपालले भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो । यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । नेपालले तेस्रो खेल आइतबार साँझ ५ः१५ बजेदेखि इरानसँग लिगचरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने छ ।...
काभा महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजीत

काभा महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजीत

नेपाल । बिहीबारदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलंकमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो । यस जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।...
भारतले जित्यो श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी शृंखला

भारतले जित्यो श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी शृंखला

नेपाल । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ । आइतबार भएको दोस्रो खेल भारतले डकवर्थ लुइसपद्धतिका आधारमा ७ विकेटले जितेको छ । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए। यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे। श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए । त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो । श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले। परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । भारतले पहिलो टी–ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो । शृंखलाको तेस्र...
सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ को निवेदन

सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ को निवेदन

नेपाल । गौशाला-२६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन् । गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्दामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ । सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत ...
फ्रान्सको पेरिसमा शुक्रबारदेखि ओलम्पिकको ३३औँ संस्करण औपचारिक रुपमा शुरु

फ्रान्सको पेरिसमा शुक्रबारदेखि ओलम्पिकको ३३औँ संस्करण औपचारिक रुपमा शुरु

नेपाल । फ्रान्सको पेरिसमा शुक्रबारदेखि विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन हुँदैछ । उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुनेछ । उक्त खेल मेला साउन २७ गतेसम्म सञ्चालन हुनेछ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ। विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्नेछ । पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन् । यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन । पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको रहेको छ । पेरिस ओलम्प...
ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोद्वारा अर्जेन्टिना २-१ पराजित

ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोद्वारा अर्जेन्टिना २-१ पराजित

नेपाल । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २-१ पराजित गरेको छ । विवाद र अन्योलताबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिनाले हारेको निर्णय सुनाइएको हो । समूह बी को सेन्ट स्टेयनमा भएको खेल २-२ को बराबरीमा टुंगेको मानिएको थियो । २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए। तर त्यो गोललाई भीएआरले मान्यता दिएन । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । यसरी विवाद हुँदा दुबैले खेल छाडे पनि खेल सकिएको दुई घण्टापछि मोरक्कोले जितेको निर्णय भएको हो । बुधबारनै भएका अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५-० ले हरायो । समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २-१ ले हरायो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । इराकले युक्रेनलाई २-१ ल...
एसिया कप टी-२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित

एसिया कप टी-२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित

नेपाल । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी-२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालकी सीता रानामगरले सर्वाधिक १८ रन जोडिन् । बलिङमा भारतकी दिप्ती शर्माले सर्वाधिक ३ विकेट लिइन् । यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यो हारसंगै नेपालले एसिया कपको यात्रा टुंगाएको छ । पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो ।...