४ चैत्र २०८२, बुधबार

खेलकुद

विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंकामा

विश्वकप लिग-२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंकामा

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका पुगेको छ । क्यानडामा हुने विश्वकप लिग–२ अघिको अन्तिम तयारीका लागि नेपाली टोली आइतबार श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । श्रीलंकामा रहँदा नेपाली टोलीले श्रीलंका डेभलभमेन्ट टिमसँग ३ ओटा एकदिवसीय अभ्यास खेल खेल्नेछ । नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । श्रीलंका भ्रमणका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।  ...
पारा ओलम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक कास्यपदक

पारा ओलम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक कास्यपदक

नेपाल । पेरिसमा जारी पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पारालिम्पिक २०२४ अन्तर्गत म्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो ।...
अमेरिका र वेष्ट इन्डिजमा विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई क्यानले जनही ३ लाख दिने

अमेरिका र वेष्ट इन्डिजमा विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई क्यानले जनही ३ लाख दिने

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । क्यानको गत बिहीबार बसेको केन्द्रीय कार्यसमितीको बैठकले अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो । अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ७ वटै प्रदेश क्रिकेट संघलाई २ जना महिला र ३ जना पुरुष खेलाडीहरुलाई सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । ...
गौरीटार रंगशालाको पूर्वाधार निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन

गौरीटार रंगशालाको पूर्वाधार निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन

नेपाल (हेटौंडा) । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ मा रहेको गौरीटार रंगशालास्थित खेलकुद पूर्वाधार निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न गर्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री महर्जनले सम्बन्धित कार्यालयका प्रमुख, निर्माण व्यवसायी कम्पनीका प्राविधिक लगायतको टोलीसँगै आज रंगशालाको स्थलगत अवलोकन गरी निर्माण कार्य चाँडै सम्पन्न गर्न र मर्मत सम्हारतर्फ पनि ध्यान दिन निर्देशन दिएका हुन् । खेलकुद पूर्वाधार समयमै नबन्दा खेलकुदसँग सम्बन्धित गतिविधि अगाडि बढाउन कठिनाई भएको भन्दै यथासक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए । वर्षौैँ अघि सुरु भएतापनि हालसम्म निर्माणको कामले पूर्णता नपाउँदा निर्माणाधिन संरचनामा समेत टुटफुट तथा अन्य समस्या देखिएको छ । प्याराफिटमा राखिएका कुर्सीहरु भाँचिएका छन् भने ढोकाहरु कुहि...
बंगलादेशलाई साफ यू-२० च्याम्पियनसीपको उपाधि, नेपाल ४-१ ले पराजीत

बंगलादेशलाई साफ यू-२० च्याम्पियनसीपको उपाधि, नेपाल ४-१ ले पराजीत

नेपाल । नेपाललाई निरास बनाउँदै साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । बुधबार सादोबाटोस्थित एन्फा कन्फ्लेक्समा भएको खेलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेको हो । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो अग्रता लिएको थियो । मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो । दोस्रो गोल पनि इस्लामले नै गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेको थियो । नेपालका समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल फर्काएपनि जितका लागि प्रयाप्त भएन । ...
यू-२० साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

यू-२० साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

नेपाल । बुधबार दिउँसो नेपाल र बंगलादेश २० वर्षमुनिको साफ च्याम्पियनसिप उपाधिका लागि भिड्दैछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा ६ टीमको सहभागिता रहेको थियो ।
टि-ट्वान्टी आई सिरिजमा क्यानडालाई अमेरिकाले हरायो

टि-ट्वान्टी आई सिरिजमा क्यानडालाई अमेरिकाले हरायो

अमेरिका । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले २० रनको जित निकालेको छ । अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो। सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुँदैछ । त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ ।...
नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

नेपाल । नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आइतबार भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराएको हो । नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे । उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले गर्दै गोल गरेका थिए । जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो । नेपालले अब भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।...
अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी

अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी

अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानिया स्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए । जसमा टाकीन, भुटनिज कम्युनिटी एशोशियसन अफ साउथर्न तास्मानिया (बीकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया (एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए । त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया (एनएफसीटी) र भियतनाको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए । सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटीले प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिब सुवास खतिवडाले जानकारी दिएका छन् । उनका अुनसार ६ टिम सहभागी भएको खेल दुई समुहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’...
नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ । नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गर्नुभयो । क्यानले २० महिनाअघि फ्रेन्चाई अवधारणामै नेपाल टी–२० क्रिकेट लिगको आयोजना गरेको थियो तर सो लिग सफल हुन सकेन । यद्यपि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतबाट शिक्षा लिएर एनपिएललाई भारतमा हुने फ्रेन्चाई लिग आइपिएल जस्तै ब्रान्ड बनाउने बताउनुभयो । यसअघि क्यान निलम्बनमा हुँदा नेपालमा एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) को आयोजना हुने गर्दथ्यो, तर क्यानले अब एनपिएललाई ब्रान्ड बनाउने छ, उनले भने ।...