३ चैत्र २०८२, मंगलवार

खेलकुद

अमेरिकासँग नेपाल २ विकेटले पराजीत

अमेरिकासँग नेपाल २ विकेटले पराजीत

अमेरिका । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासंग ३ विकेटले पराजित भएको छ । अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराती भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरेका थिए । अनिल शाहले ५६, आसिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका नोष्थुश केन्जिगेले सर्वाधिक ४ विकेट लिएका थिए । लिग–२ मा ९ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ । ...
आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्यान्डसँग पराजित

आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्यान्डसँग पराजित

अमेरिका । आईसीसी विश्वकप लिग टूमा अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्‍यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात्र साझेदारी गर्न सके । सुसान्त ८ र गउस ५ रनमा आउट भए। २१ रन बनाउँदा पहिलो विकेट गुमाएको अमेरिकाले त्यसपछि कुनै रन थप गर्न नपाउँदै बाँकी चार विकेट गुमाएको थियो । कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । विकेट नभएको अवस्थामा पनि हरमित सिंहले २२ रन जोडे । आठौं नम्बरमा मैदान प्रवेश गरेका साडली भान विकले उत्कृष्ट पारी खेल्दै ५८ रनको शादारन इनिङ खेलेका थ...
नेपालले श्रीलंकालाई ६-० ले हरायो

नेपालले श्रीलंकालाई ६-० ले हरायो

नेपाल । काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल बिहीबारको खेल सहज रुपमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा नेपालले ४ गोल गर्‍यो भने दोस्रो हाफमा २ गोल गर्‍यो । नेपालको जितमा रेखा पौडेलले २ गोल‚ सावित्रा भण्डारी ‘साम्बा’, सविता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले १–१ गोल गरे। अब सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । फाइनल प्रवेशका लागि नेपालले भारतसँग आइतवार साढे ६ बजे खेल्नेछ । नेपाल यसपटकसमेत गरेर लगातार सातौँ पटक सेमिफाइनलमा पुगेको हो । नेपाल ५ पटक उपविजेता बनेको छ ।...
एक दिवसीय अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल पराजीत

एक दिवसीय अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल पराजीत

अमेरिका । नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको एक दिवसीय अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले खेल जितेको थियो ।...
नेपालले अमेरिकाबिरुद्धको तीनै खेल जित्यो

नेपालले अमेरिकाबिरुद्धको तीनै खेल जित्यो

अमेरिका । अमेरिकाविरुद्धको टी–२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए । नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए । नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । दोस्रो खेल सुपरओभरमा जितेको थियो ।...
नेपालद्वारा माल्दिभ्सविरुद्ध गोलको वर्षा, ११-० गोलले खेल जित्यो

नेपालद्वारा माल्दिभ्सविरुद्ध गोलको वर्षा, ११-० गोलले खेल जित्यो

नेपाल । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक–एक गोल गर्नुभयो । जितसँगै दुई खेलबाट चार अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपाल समूहको पहिलो खेलमा भुटानसँग १–१ गोलको बरबरीमा रोकिएको थियो । समान चार अङ्क बनाएको भुटान दोस्रो स्थानमा छ । सोमबार नै भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको थियो । दुई खेलबाट तीन अङ्क बनाएको श्रीलङ्का तेस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग बराबरी गरेपनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विज...
न्युजिल्याण्डले जित्यो आइसीसी महिला टी-२० विश्वकपको उपाधि

न्युजिल्याण्डले जित्यो आइसीसी महिला टी-२० विश्वकपको उपाधि

अमेरिका । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो । टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो। योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ। यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक–एक पटक जितेका थिए ।...
अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिजको उपाधि

अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिजको उपाधि

अमेरिका । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो । नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे । सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले शानदार प्रदर्शन गरेसँगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।...
क्रिकेटर सन्दीप लामिछाने अमेरिकामा, टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा खेल्ने

क्रिकेटर सन्दीप लामिछाने अमेरिकामा, टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा खेल्ने

अमेरिका । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका आएका छन् । अमेरिकी दूतावासबाट भिसा पाएसँगै सन्दीप शुक्रबार अमेरिका उडेका थिए । नेपालले अमेरिकाबीच तीन खेलको टी–२० शृंखला शुक्रबारदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ । यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् । ...
नेपालले अमेरिकालाई १७ रनले हरायो

नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिका । नेपालले पहिलो टी–२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक(एक विकेट लिए । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । पौडेलले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो स...