३ चैत्र २०८२, मंगलवार

खेलकुद

विश्वकप छनोट खेलमा अर्जेन्टिना पराग्वेसँग पराजीत

विश्वकप छनोट खेलमा अर्जेन्टिना पराग्वेसँग पराजीत

नेपाल । विश्वकप छनोट खेल अन्तरगत दक्षिण अमेरिकी समूहको शुक्रवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनालाई पराजित गर्दै पराग्वे विजयी भएको छ । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनालाई पराग्वेले २-१ ले पराजित गरेको हो । खेलमा मार्टिनेजले ११ औँ मिनेटमा अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको १९ औँ मिनेटमा पराग्वेका एन्टनियो सनाब्रीयाले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४७ औँ मिनेटमा पराग्वेले गोल गर्न सफल भयो । उसको लागि उमर एल्डरेटले गोल गरेपछि खेल पराग्वेले जित्यो । ...
महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने घोषणा

महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ । क्यानले यू–१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो । युएईलाई पराजित गर्दै पहिलो पटक यू–१९ महिला विश्वकपमा छनौट भएको नेपाल यू–१९ एशिया कपमा पनि छनौट भएको छ ।...
नेपाली टोली १९ वर्ष मुनिको महिला टी-२० विश्वकपमा छनौट

नेपाली टोली १९ वर्ष मुनिको महिला टी-२० विश्वकपमा छनौट

नेपाल । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । यो जीतसँगै नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।...
नेपालले कुवेतलाई १६५ रनले हरायो

नेपालले कुवेतलाई १६५ रनले हरायो

नेपाल । यूएईमा जारी यू-१९ महिला टी २० विश्वकप छनोटमा नेपालले कुवेतलाई निरिह बनाउँदै १६५ रनको जित दर्ता गरेको छ । नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको थियो । नेपाललाई विशाल जित दिलाउन कप्तान पूजा महतोले बलिङ र ब्याटिङमा शानदार प्रदर्शन गरिन् । उनले ६९ बलमा अविजित १३० रन बनाएपछि नेपालले २१३ रनको पहाड खडा गरेको थियो । बलिङमा पनि चम्किएकी पूजाले ५ विकेट लिएपछि कुवेत ४८ रनमा नै अलआउट भयो । पूजाले ४ ओभरमा केवल ८ रन खर्चिएकी थिइन् । कुवेतकी जीफा जिलानीले संघर्ष गर्दै ३६ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।...
नेपालले थाइल्याण्डलाई एक सय ६ रनले हरायो

नेपालले थाइल्याण्डलाई एक सय ६ रनले हरायो

नेपाल । आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ । युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ३३ रनमा अलआउट भएको हो । थाइल्यान्डका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । नेपालले यसअघि थाइल्यान्ड र कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।...
विश्वकपको एसियाली छनोटमा कुवेत बिरुद्ध नेपालको सानदार जीत

विश्वकपको एसियाली छनोटमा कुवेत बिरुद्ध नेपालको सानदार जीत

नेपाल । नेपालले आईसीसी यू–१९ टी–२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गर्यो । एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो । नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २र२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन् । यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो । कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए ।...
‘फेस अफ कर्णाली याक्स’ मा नायिका स्वस्तिमा खड्का आबद्ध

‘फेस अफ कर्णाली याक्स’ मा नायिका स्वस्तिमा खड्का आबद्ध

नेपाल । नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् । बुधवार पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लागि खड्कालाई आबद्ध गरेको जनायो । उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । उनले आफ्ना श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज भएको जानकारी गराइन् । ...
विश्वकप छनौटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

विश्वकप छनौटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

नेपाल । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।...
युरोपेली च्याम्पियन्स लिगमा एसी मिलानसँग रियाल मड्रिड पराजित

युरोपेली च्याम्पियन्स लिगमा एसी मिलानसँग रियाल मड्रिड पराजित

अमेरिका । युरोपेली च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित भएको छ । रियालकै सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न भएको खेलमा रियल पाहुना टिम एसी मिलानसँग ३–१ ले पराजित भएको हो । रियालको लागि पेनाल्टीमा प्राप्त अवसरमा भिनिसियस जुनियरले गोल गरेको भए पनि त्यो रियाललाई जित दिलाउन पर्याप्त बन्न सकेन । यससँगै मिलानले लगातार तीन पराजयपछि रियललाई हराएको हो ।...
अमेरिकामा जारी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द

अमेरिकामा जारी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द

अमेरिका । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ । टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि स्थगित भएको खेल फेरी सुरु हुन सकेन । शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो । यो शृङ्खलामा नेपालले दुई हार र एक जितको नतिजा निकाल्यो । घरेलु टोलीसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो । १२ खेलबाट ६ अंक भएको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । आठौँ तथा अन्तिम स्थानमा रहेको युएईको ९ खेलबाट ४ अंक छ । १२ खेलपछि अमेरिका र क्यानडा दुवैको समान १६ अंक छ । ११ खेल खेलेको स्कटल्यान्डको १४ अंक रहेको छ । नेदरल्यान्ड्सको ९ खेलबाट १२ र नामिबियाको १२ ख...