अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी
अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानिया स्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए ।
जसमा टाकीन, भुटनिज कम्युनिटी एशोशियसन अफ साउथर्न तास्मानिया (बीकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया (एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया (एनएफसीटी) र भियतनाको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए ।
सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटीले प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिब सुवास खतिवडाले जानकारी दिएका छन् । उनका अुनसार ६ टिम सहभागी भएको खेल दुई समुहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’...








