२० कार्तिक २०८२, बिहीबार

खेलकुद

नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द

नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द

नेपाल । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि तीन अङ्कका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी–२० शृङ्खला ...
आइसिसी विश्वकप लिग-२ मा नेपाल क्यानडासँग ५ विकेटले पराजीत

आइसिसी विश्वकप लिग-२ मा नेपाल क्यानडासँग ५ विकेटले पराजीत

क्यानडा । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । क्यानडाको किग सिटी नर्थ वेस्ट क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ८७ र परगत सिंहले ६४ रन जोडे । बलिङमा नेपालका सन्दीप लामिछाने २, ललित राजवंशी, करण केसी, गुलशन झा १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४६ ओभर १ बलमा १ सय ८१ रनमा समेटिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे । गुलशन झाले ३४, करण केसीले २४, अर्जुन साउदले १०, आरिफ शेखले १० र र सोमपाल कामीले २१ रनको योगदान दिए । क्यानडामा जारी सिरिजमा यो नेपालको लगातार तेस्रो हार हो । यसअघि ओमन क्यानडासँग पराजित भएको थियो ।...
पलेशा र एरिका प्रदेश सरकारद्वारा नगदसहित सम्मानित

पलेशा र एरिका प्रदेश सरकारद्वारा नगदसहित सम्मानित

नेपाल (हेटौंडा) । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । हेटौंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र करातेको प्रदेश संघलाई समान १ लाख रुपैयाँ प्रदान गरिने मुख्य मन्त्री लामाले घोषणा गरे । एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । एरिकाको‌ उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन् । सोही अवसरमा एसियाडमा करातेका व्यवस्थाप...
विश्वकप लिग-२ मा नेपाल ओमानसँग पनि पराजीत

विश्वकप लिग-२ मा नेपाल ओमानसँग पनि पराजीत

नेपाल । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । क्यानाडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड ए, किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो । यसअघिको खेलमा नेपाल क्यानाडासँग पराजित भएको थियो । नेपालका लागि गुल्सन झाले ३५ बलमा ५३ रन तथा ४७ रन खर्चेर ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नेपालले ९ विकेटको क्षतिमा २२० रन बनाउँदा कप्तान रोहित पौडेलले ६० रन जोडेका थिए । जवाफमा ओमानले १ बल खेल्न बाँकी छँदै ९ विकेटको क्षतिमा जित निकाल्यो । ...
अमेरिकाको पेन्सिल भेनियामा इन्ट्रा कप भलिबल प्रतियोगिता सम्पन्न

अमेरिकाको पेन्सिल भेनियामा इन्ट्रा कप भलिबल प्रतियोगिता सम्पन्न

अमेरिका । अमेरिकाको पेन्सिल भेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् । सोमबार राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३(२ को सेटले जितेको थियो । नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् । प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (रु १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा(नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली रा...
विश्वकप लिग-२ मा नेपाल क्यानडासँग १०३ रनले पराजीत

विश्वकप लिग-२ मा नेपाल क्यानडासँग १०३ रनले पराजीत

काठमाडौं । क्यानडाको किंग्स मैदान भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । टस जितेको नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कठिन पीचमा नेपालले कसिलो बलिङ गरे पनि क्यानडाले २५३ रनको मजबुत स्कोर खडा गर्न सफल भयो । जवाफी ब्याटिङमा नेपाल १५० रनमै अलआउट भयो । नेपालका लागि करण केसीले २४ बलमा २७ रन र सन्दीप लामिछानेले १६ बलमा २२ रन बनाएका थिए । दुवैले २–२ छक्का प्रहार गरे । कुशल भुर्तेल १० बलमा १ रन बनाएर आउट भए । आसिफ शेख ३० बलमा २० रन बनाएर फर्किए भने भीम सार्कीले ३०बलमा १८ रन जोडे । कप्तान रोहित पौडेलले ५ रन, कुशल मल्लले १२ रन, दिपेन्द्रसिंह ऐरीले र८ रन, सोमपाल कामी छ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशी र सोमपाल कामीले २–२ विकेट लिएका थिए । नेपाले अब अर्को खेल बुधबार ओमानसँग खेल्नेछ ।...
क्यानडामा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली टोलीको बिदाइ

क्यानडामा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली टोलीको बिदाइ

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ । क्यानले मङ्गलबार खेलाडी टोलीको बिदाइ गरेको हो । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले बिदाइ गर्नुभयो । लिग–२ तालिका अनुसार नेपालले सेप्टेम्बर १६ तारिख क्यानडा, १८ तारिख ओमान, २२ तारिख क्यानडा र २४ तारिख ओमानसँग खेल्नेछ । नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक ख...
दक्षिण अमेरिकी विश्वकप छनौट खेलमा अर्जेन्टिना कोलम्बियासँग पराजीत

दक्षिण अमेरिकी विश्वकप छनौट खेलमा अर्जेन्टिना कोलम्बियासँग पराजीत

अमेरिका । दक्षिण अमेरिका छनोट खेलमा कोलम्बियाले अर्जेन्टिनालाई हराएको छ । विश्वकप फुटबल छनोट खेल अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । खेलको २५ औँ मिनेटमा कोलम्बियाले येरसन मोस्क्वेराको गोल पछि कोलम्बिया १–० को अग्रतामा अघि बढ्यो । तर ४८ औँ मिनेटमा अर्जेन्टिनाले अग्रतालाई बराबरी बनायो । खेलले ६० औँ मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे । मङ्गलवारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हरायो । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेलेका थिए ।...
कीर्तिमानी पदकधारी पलेशालाई नेपाली काँग्रेसद्वारा नगद ५ लाखसहित सम्मान

कीर्तिमानी पदकधारी पलेशालाई नेपाली काँग्रेसद्वारा नगद ५ लाखसहित सम्मान

नेपाल । आइतबार नेपाली कांग्रेसले पारालिम्पिक कीर्तिमानी पदकधारी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । कांग्रेसले पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोबाट कीर्तिमानी कास्यपदक जित्न सफल पलेशा, प्रशिक्षक कविराज नेगी लामा र सहभागी भरत महतालाई सम्मान गरेका हो । पलेशाले ५ लाख र कविराजले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान उनीहरुलाई सम्मान गरेका थिए । यता पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भ...
पारा तेक्वान्दो खेलाडी पलेशालाई काठमाडौं महानगरद्वारा नगद ५ लाखसहित सम्मान

पारा तेक्वान्दो खेलाडी पलेशालाई काठमाडौं महानगरद्वारा नगद ५ लाखसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भन्नुभयो, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’ पलेशा...