१४ कार्तिक २०८२, शुक्रबार

खेलकुद

नेपाली टोलीले नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने

नेपाली टोलीले नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँग खेल्ने सिरिजसँगै नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा सेप्टेम्बर २७ तारिखदेखि सुरु हुने टी–२० सिरिजदेखि नयाँ जर्सीमा खेल्न लागेको हो । नेपाल र वेस्ट इन्डिजबिच सेप्टेम्बर २७, २९ र ३० तारिख टी–२० सिरिज हुने छ । क्यानले गत साउनमा राष्ट्रिय टोलीले लगाउने जर्सीका लागि नासा सेक्युरिटीजसँग प्रायोजन सम्झौता गरेको थियो । युएईको भिषा समस्याका कारण दुई दिन रोकिएको नेपाली टोली वेस्ट इन्डिजसँग खेल्न सोमबार राति युएई पुगेको छ । नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा टी–२० सिरिज खेलेको थियो । दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्ध...
वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम युएई जाँदै

वेस्ट इन्डिजसँगको सिरिज खेल्न नेपाली टिम युएई जाँदै

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार युएई जाने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम युएई जान लागेको हो । यसअघि केही दिन अगाडि नै युएई जाने बताइएको भए पनि भिसाका कारण नेपाली टिम रोकिएको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिनुभएको छ । जेनजी आन्दोलनका कारण युएईले भिसा नदिँदा शुक्रबार उड्ने तयारीमा रहेको नेपाली टिम रोकिएको थियो । लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिम युएई प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको हो । नेपालले वेस्ट इन्डिजसँग असोज ११, १३ र १४ गते टी–२० सिरिज खेल्ने छ । रोहित पौडेलको कप्तानीमा नेपाली टिम घोषणा भइसकेको छ। ...
मलेसियामा हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा

मलेसियामा हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा

नेपाल । मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । नेपालले मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीसँग अक्टोबर २ देखि ८ तारिखसम्म पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । त्यसअघि नेपाली महिला टोलीका खेलाडीले विभिन्न टोलीमा रहेर मलेसियन सुपर वुमन सिरिज खेल्ने छन् । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा पाँच वटा फरक टोलीबिच प्रतिस्पर्धा हुने छ । टी–२० सिरिज सुपर सिरिजमा सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् । इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्...
एनपिएलको पहिलो खेलको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

एनपिएलको पहिलो खेलको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बिहीबार उद्घाटन खेलको रकम राहत कोषमा जम्मा गरिने घोषणा गर्नुभएको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रस्पिर्धा गर्नेछन् । फ्रेन्चाइज टोलीले रिटेन र अक्सनमार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् ।...
पाकिस्तान एसिसी टी-२० एसिया कपको सुपर चारमा प्रवेश

पाकिस्तान एसिसी टी-२० एसिया कपको सुपर चारमा प्रवेश

नेपाल । पाकिस्तान एसिसी टी–२० एसिया कपको सुपर चारमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो । जितसँगै समूह ‘ए’ मा तीन खेलबाट चार अङ्क बनाएको पाकिस्तान दोस्रो स्थानमा छ । समान खेलबाट दुई अङ्क बनाएको युएईले प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट यसअघि नै भारत सुपर चारमा पुगिसकेको छ । जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको युएई १७।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रनमा समेटिएको थियो । युएईका लागि राहुल चोपराले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै ध्रुव पराशरले २०, मोहम्मद वासिमले १४ र अलिशान शराफुले १२ रन जोड्नुभयो । बलिङमा पाकिस्तानका अब्रार अहमद, शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले दुई दुई तथा सइम अयुब र कप्तान सलमान आगाले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर...
एन्फालाई एसियाली फुटबल महासंघले तिरायो १० हजार डलर जरिवाना

एन्फालाई एसियाली फुटबल महासंघले तिरायो १० हजार डलर जरिवाना

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ । एएफसीले एएफसी फुटसल कप–२०२६ को छनोटमा भाग नलिएपछि एन्फालाई यस्तो कारबाही गरेको हो । एन्फाले छनोट खेल हुनु साँढे तीन महिना अघिमात्र नाम फिर्ता लिएको थियो । एएफसीको अनुशासन र आचारसंहिता कमिटीको बैठकले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । एन्फाले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउनु पर्नेछ । एएफसी जरिवानासँगै नेपाललाई यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कारबाहीसमेत गरेको छ ।...
एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

एसिया कप क्रिकेटमा बंगलादेशद्वारा अफगानिस्तान पराजित

नेपाल । एसिया कप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। अन्तिम ओभरसम्म निकै रोमाञ्चक बनेको खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो । बंगलादेशले टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो । यो जितसँगै बंगलादेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ। युनाइटेड अरब इमिरेट्स ९यूएई०को अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। बंगलादेशले दिएको १५५ रनको विजयी लक्ष्य पछाएको अफगानिस्तान अन्तिम बलमा अन्तिम विकेट गुमाउँदै १४६ रनमा अलआउट भएको हो। अफगानिस्तानका लागि ओपनर ब्याटर हमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए। अर्का ओपनर सेदीगुल्ला अटल भने डकआउट भएका थिए। अज्मतुल्ला ओमरजाईले ३० रन बनाउँदा कप्तान रसिद खानले २० रन बनाए। बंगलादेशका लागि बलिङतर्फ मुस्तफि...
एसिया कप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

एसिया कप क्रिकेटमा पाकिस्तानको विजयी सुरुवात

नेपाल । पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो । जितका लागि एक सय ६१ रनको लक्ष्इ पछ्याएको ओमान १६।४ ओभरमा सबै विकेटको क्षतिमा ६७ रनमा समेटिएको थियो । ओमानका लागि हम्माद मिर्जाले २७ रन बनाउनुभयो । अमिर कलिमले १३ र शकिल अहमेदले १० रन बनाउनुभयो । पाकिस्तानका लागि साइम अयुब, सफियान मुकिम र उसामा मिरले दुई दुई विकेट लिनुभयो । सहेन शाह अफ्रिदी, अबरर अहमेद र मोहमद नवाजले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले ६६ रन बनाउनुभयो । सहिबजादा फरहानले २९, फकहर जमनले २३ र मोहमद नवाजले १९ रन बनाउनुभयो । बलिङमा ओमानका आमिर कलीम र शाह फैसलले तीन तीन विकेट लिनुभयो । मोहमद नदिमले एक ...
एसिसी एसिया कप क्रिकेटमा भारतको सुखद सुरुवात

एसिसी एसिया कप क्रिकेटमा भारतको सुखद सुरुवात

नेपाल । साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार भएको खेलमा भारतले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ विकेटले हरायो । जितका लागि ५८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४।३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ३० रन बनाउनुभयो । शुभमन गिलले अविजित २० र कप्तान सूर्यकुमार यादवले अविजित सात रन बनाउनुभयो । बलिङमा युएईका जुनैद सिद्धिकीले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले १३।१ ओभरमा सबै विकेटको क्षतिमा ५७ रन बनाएको थियो । युएईका लागि ओपनर अलिशान सराफुले २२ रन बनाउनुभयो । कप्तान मोहम्मद वासिमले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईलाई सस्तैमा समेट्न बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिनुभयो । शिवम दुबेले तीन, वरुण...
फिफा विश्वकप युरोपियन छनोटमा पोर्चुगल र फ्रान्सको जीत

फिफा विश्वकप युरोपियन छनोटमा पोर्चुगल र फ्रान्सको जीत

नेपाल । पोर्चुगल र फ्रान्सले फिफा विश्वकप युरोपियन छनोटमा जित निकालेका छन् । समूह ‘एफ’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले हङ्गेरीलाई ३–२ गोलले हरायो । यस्तै मङ्गरबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले आइसल्यान्डलाई २–१ गोलले पराजित गरेको छ । पोर्चुगललाई जिताउन बर्नार्डो सिल्भा, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआओ कान्सेलोले गोल गर्नुभयो । हङ्गेरीका लागि दुवै गोल बर्नाबास वर्गाले गर्नुभयो । जितसँगै समूह ‘एफ’ को दुई खेलबाट ६ अङ्क बनाएको पोर्चुगल शीर्षस्थानमा छ । पराजित हङ्गेरी समान खेलबाट एक अङ्क जोड्दै तेस्रो स्थानमा छ । यस्तै फ्रान्सलाई पुनरागमन जित दिलाउन केलियन एमबाप्पे र ब्राडली बार्कोलाले गोल गर्नुभयो । आइसल्यान्डका एन्ड्री गुडजोनसेनको सुरुवाती गोल सान्त्वना बन्यो । लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अङ्क बनाएको फ्रान्स समूह ‘डी’ को शीर्षस्थानमा छ । पहिलो हार खेपको...