१ चैत्र २०८२, आईतवार

खेलकुद

आइसिसी टी–२० विश्वकपः नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित

आइसिसी टी–२० विश्वकपः नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित

नेपाल । आइसिसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउनुभयो । उहाँले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो । उहाँले ३४ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । ओपनर कुशल भुर्तेलले २९, आशिफ शेखले सात, आरिफ शेखले १०, लोकेश बमले अविजित ३९ रन बनाउनुभयो । उहाँले २० बलमा चार चौका दुई छक्का हान्नुभयो । गुल्शन झा एक रनमा आउट हुनुभयो । करण केसी एक रनमा अविजित रहनुभयो । बलिङमा इङ्ल्यान्डका लियम डसनले दुई तथा विल ज्याक्स, साम कुरन, जोफ्रा आर...
विश्वकप टी-२० क्रिकेटमा नेपालले आइतबार इङ्ग्ल्यान्डसँग प्रतिष्पर्धा गर्दै

विश्वकप टी-२० क्रिकेटमा नेपालले आइतबार इङ्ग्ल्यान्डसँग प्रतिष्पर्धा गर्दै

नेपाल । विश्वकप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत नेपालले आइतबार इङ्ग्ल्यान्डसँग प्रतिष्पर्धा गर्दैछ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ । नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्दै छ । नेपालका कप्तान रोहित पौडेलले भारतमा भको कप्तानसँगको भेटघाटमा विगतकाभन्दा यसपालिको विश्वकप फरक हुने छ भनी नेपाली समर्थकलाई आश्वासन दिनुभएको छ । यसै गरी १०औँ विश्वकप टी–२० को उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध कठिन तीन विकेटको जित हासिल गर्यो । समूह ‘ए’ मा रहेको पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको छ । त्यसैले पनि पाकिस्तानलाई सुपर आठमा पुग्नु छ भने कुनै खेल हार्ने छुट छैन । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भएको थयो । नेदरल्यानड्सले अन्तिम छ विकेट २० र...
आइसिसी टी-२० विश्वकप शनिबारदेखि सुरु हुँदै

आइसिसी टी-२० विश्वकप शनिबारदेखि सुरु हुँदै

नेपाल । आइसिसी टी–२० विश्वकप शनिबारदेखि सुरु हुँदैछ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । आइसिसी टी–२० विश्वकपको दसौँ संस्करणमा २० टिम सहभागी छन् । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठको चयन गर्न ३० दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । त्यसपछि फागुन २४ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ । ...
नेपालले क्यानडालाई ६ विकेटले हरायो

नेपालले क्यानडालाई ६ विकेटले हरायो

नेपाल । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले १२ बल बाँकी हुँदा लक्ष्य भेट्टाएको हो । चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाउनुभयो । यस्तै श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१ र निकोलश किर्तनले १० रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । १६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफ शेखले अर्धशतक बनाउनुभयो । २९ बलको सामना गर्दा ६ चौका र तीन छक्काको मद्दतमा उहाँले ५८ रन बनाउनुभएक...
पाकिस्तानले टि-२० विश्वकपमा भारतसँग सरकारको स्वीकृति लिएरमात्र खेल्ने !

पाकिस्तानले टि-२० विश्वकपमा भारतसँग सरकारको स्वीकृति लिएरमात्र खेल्ने !

नेपाल । पाकिस्तानले टि–२० विश्वकपको नकआउट चरणमा पुग्दा र कट्टर प्रतिद्वन्द्वी भारतसँग सामना भएमा आफ्नो सरकारसँग सल्लाह लिएर मात्र खेल्ने कप्तान सलमान अघाले बिहीबार स्पष्ट गर्नु भएको छ । यो प्रतियोगिता राजनीतिक विवादका कारण प्रभावित भएको थियो किनभने बङ्गलादेशले सुरक्षा सम्बन्धी चिन्ता देखाएर भारतमा खेल्न अस्वीकार गर्यो र पाकिस्तानले आफ्नो समूह ‘ए’ को खेलमा सह–आयोजक भारतसँगको भेट अस्वीकार गर्यो । तथापि, सेमिफाइनल वा फाइनलमा दुवै छिमेकीको भिडन्त हुने सम्भावना अझै बाँकी छ । “भारतको खेल हाम्रो नियन्त्रणमा छैन । यो सरकारको निर्णय हो र यदि हामीले सेमिफाइनल वा फाइनलमा भारतसँग खेल्नुपर्छ भने हामी सरकारको सल्लाह अनुसार अघि बढ्ने छौँ”, अघाले कोलम्बोमा पत्रकारलाई भन्नुभयो । पाकिस्तानले बङ्गलादेशको अनुरोधमा श्रीलङ्कामा खेल सार्न समर्थन गरेको थियो । इस्लामाबाद सरकारले राष्ट्रिय टोलीलाई फेब्रुअरी १...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक

नेपाल । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ । महिला टोलीको जर्सीलाई एक्सट्रिम इनर्जी ड्रिङ्क्सले मुख्य प्रायोजन गरेको छ । क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्क्सबिच जर्सी प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता दुई वर्षका लागि गरिएको हो । सम्झौता अनुसार नेपाली महिला टोलीले लगायने जर्सीमा एक्सट्रिम इनर्जीको लोगोअङ्कित रहेको छ । नयाँ जर्सीको बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । यसैबिच एक्सट्रिम इनर्जी ड्रिंक्सले आइसिसी टी–२० विश्वकप खेल हेर्न मुम्बईको वानखेडे स्टेडियम पुग्ने समर्थकलाई दुई हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने पनि जनाएको छ ।...
विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपालले यूएईलाई सात विकेटले हरायो

विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपालले यूएईलाई सात विकेटले हरायो

नेपाल । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ । नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्नुभयो । दुवै ब्याट्सम्यानले नटआउट अर्धशतक बनाउनुभएको हो । दीपेन्द्रले ३१ बलमा ५० रन बनाउनुभयो भने आरिफले ३७ बलमा ६१ रन बनाउनुभयो । १४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको हो । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । युएईका लागि सोएब खानले ३८ रन बनाउनुभयो । यस्तै हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । नेपालले आफ्नो...
नेपालको साफ यु-१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायमै

नेपालको साफ यु-१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायमै

नेपाल । नेपालले पोखरामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबलको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा भुटानलाई २–१ गोलले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको हो । नेपाल यसअघि पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो । भुटानलाई हराउन नेपालकी सिर्जना बडुवालले ३६औँ र प्रजीता राईले ५९औँ मिनेटमा गोल गर्नुभयो । भुटानका लागि सोनाम छोडेनले ८७औँ मिनेटमा गर्नु भएको गोल सान्त्वना बन्यो । भुटान च्याम्पियनसिपबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल बुधबार बङ्गलादेशसँग खेल्नेछ। भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ । चार टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।...
आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बन्यो बङ्गलादेश

आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बन्यो बङ्गलादेश

नेपाल । बङ्गलादेश अपराजित रहँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बनेको छ । सुपर सिक्स अन्तर्गत आइतबार भएको खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई सात विकेटले हरायो । बङ्गलादेश समूह चरणदेखि अपराजित रहँदै च्याम्पियन बनेको हो । बङ्गलादेश र नेदरल्यान्ड्स यसअघिनै विश्वकपमा छनोट भई सकेका थिए । जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय तीन रनको लक्ष्य बङ्गलादेशले १६।४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । यसअसिघ पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो । आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ । थाइल्यान्ड छनोटबाट बाहिरिएको छ । यस्तै आइतबार नै भएको खेलमा अमेरिकालाई ४१ रनले हराउँदै स्कटल्यान्ड पनि विश्वकपमा छनोट भएको छ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली ने...
बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी-२० विश्वकपमा छनोट

बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी-२० विश्वकपमा छनोट

नेपाल । बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ । ग्लोबल छनोटअन्तर्गत मुलपानी मैदानमा बुधबार भएको सुपर सिक्स खेलमा बङ्गलादेशले थाइल्यान्डलाई ३९ रनले हरायो । यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई डिएसएल प्रणालीका आधारमा २१ रनले हराउँदै विश्वकपमा स्थान बनाएको हो । यस्तै अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ रनले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सुपर सिक्सबाट चार टोली सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।...