१९ कार्तिक २०८२, बुधबार

खेलकुद

अमेरिकासँग हारेको नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

अमेरिकासँग हारेको नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

अमेरिका । अमेरिकामा जारी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय आईसीसी पुरुष क्रिकेट खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलब ५ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले...
नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

नेपाल । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टीमा नेपाल ४–२ ले विजयी भएको हो । निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो । नेपालबाट प्रहार गरेका चारै खेलाडीले गोल गरे । भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रीति राईले गरेको गोलमा रेफ्रिले गोलको मान्यता दिइनन् । त्यसपछि विवाद भएर खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएर बराबरी गरेकी थिइन् । त्यसपछि दुबैतर्फबाट निर्धारित समयमा कुनै गोल भएन् । फाइनलमा प्रवेश गरेको नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ । आइतबार नै भुटानलाई हराएर बंगलादेश ...
अमेरिकासँग नेपाल २ विकेटले पराजीत

अमेरिकासँग नेपाल २ विकेटले पराजीत

अमेरिका । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासंग ३ विकेटले पराजित भएको छ । अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराती भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरेका थिए । अनिल शाहले ५६, आसिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका नोष्थुश केन्जिगेले सर्वाधिक ४ विकेट लिएका थिए । लिग–२ मा ९ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ । ...
आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्यान्डसँग पराजित

आईसीसी विश्वकप लिग-२ मा अमेरिका स्कटल्यान्डसँग पराजित

अमेरिका । आईसीसी विश्वकप लिग टूमा अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्‍यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात्र साझेदारी गर्न सके । सुसान्त ८ र गउस ५ रनमा आउट भए। २१ रन बनाउँदा पहिलो विकेट गुमाएको अमेरिकाले त्यसपछि कुनै रन थप गर्न नपाउँदै बाँकी चार विकेट गुमाएको थियो । कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । विकेट नभएको अवस्थामा पनि हरमित सिंहले २२ रन जोडे । आठौं नम्बरमा मैदान प्रवेश गरेका साडली भान विकले उत्कृष्ट पारी खेल्दै ५८ रनको शादारन इनिङ खेलेका थ...
नेपालले श्रीलंकालाई ६-० ले हरायो

नेपालले श्रीलंकालाई ६-० ले हरायो

नेपाल । काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल बिहीबारको खेल सहज रुपमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा नेपालले ४ गोल गर्‍यो भने दोस्रो हाफमा २ गोल गर्‍यो । नेपालको जितमा रेखा पौडेलले २ गोल‚ सावित्रा भण्डारी ‘साम्बा’, सविता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले १–१ गोल गरे। अब सेमिफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । फाइनल प्रवेशका लागि नेपालले भारतसँग आइतवार साढे ६ बजे खेल्नेछ । नेपाल यसपटकसमेत गरेर लगातार सातौँ पटक सेमिफाइनलमा पुगेको हो । नेपाल ५ पटक उपविजेता बनेको छ ।...
एक दिवसीय अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल पराजीत

एक दिवसीय अभ्यास खेलमा अमेरिकाद्वारा नेपाल पराजीत

अमेरिका । नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको एक दिवसीय अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले खेल जितेको थियो ।...
नेपालले अमेरिकाबिरुद्धको तीनै खेल जित्यो

नेपालले अमेरिकाबिरुद्धको तीनै खेल जित्यो

अमेरिका । अमेरिकाविरुद्धको टी–२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए । नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए । नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । दोस्रो खेल सुपरओभरमा जितेको थियो ।...
नेपालद्वारा माल्दिभ्सविरुद्ध गोलको वर्षा, ११-० गोलले खेल जित्यो

नेपालद्वारा माल्दिभ्सविरुद्ध गोलको वर्षा, ११-० गोलले खेल जित्यो

नेपाल । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक–एक गोल गर्नुभयो । जितसँगै दुई खेलबाट चार अङ्क बनाएको नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपाल समूहको पहिलो खेलमा भुटानसँग १–१ गोलको बरबरीमा रोकिएको थियो । समान चार अङ्क बनाएको भुटान दोस्रो स्थानमा छ । सोमबार नै भएको खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको थियो । दुई खेलबाट तीन अङ्क बनाएको श्रीलङ्का तेस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग बराबरी गरेपनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विज...
न्युजिल्याण्डले जित्यो आइसीसी महिला टी-२० विश्वकपको उपाधि

न्युजिल्याण्डले जित्यो आइसीसी महिला टी-२० विश्वकपको उपाधि

अमेरिका । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो । टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो। योसँगै न्युजिल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ। यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक–एक पटक जितेका थिए ।...
अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिजको उपाधि

अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिजको उपाधि

अमेरिका । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो । नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे । सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले शानदार प्रदर्शन गरेसँगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।...