१९ कार्तिक २०८२, बुधबार

खेलकुद

युरोपेली च्याम्पियन्स लिगमा एसी मिलानसँग रियाल मड्रिड पराजित

युरोपेली च्याम्पियन्स लिगमा एसी मिलानसँग रियाल मड्रिड पराजित

अमेरिका । युरोपेली च्याम्पियन्स लिगमा रियाल मड्रिड पराजित भएको छ । रियालकै सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न भएको खेलमा रियल पाहुना टिम एसी मिलानसँग ३–१ ले पराजित भएको हो । रियालको लागि पेनाल्टीमा प्राप्त अवसरमा भिनिसियस जुनियरले गोल गरेको भए पनि त्यो रियाललाई जित दिलाउन पर्याप्त बन्न सकेन । यससँगै मिलानले लगातार तीन पराजयपछि रियललाई हराएको हो ।...
अमेरिकामा जारी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द

अमेरिकामा जारी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द

अमेरिका । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ । टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि स्थगित भएको खेल फेरी सुरु हुन सकेन । शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो । यो शृङ्खलामा नेपालले दुई हार र एक जितको नतिजा निकाल्यो । घरेलु टोलीसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो । १२ खेलबाट ६ अंक भएको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । आठौँ तथा अन्तिम स्थानमा रहेको युएईको ९ खेलबाट ४ अंक छ । १२ खेलपछि अमेरिका र क्यानडा दुवैको समान १६ अंक छ । ११ खेल खेलेको स्कटल्यान्डको १४ अंक रहेको छ । नेदरल्यान्ड्सको ९ खेलबाट १२ र नामिबियाको १२ ख...
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको खेल बराबरी

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको खेल बराबरी

अमेरिका । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सिले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सिलाई मोइसेस काइसेडोले हारबाट जोगाएका हुन् । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अलेहान्द्रो गारान्चो र मार्कस र्यासर्फड गोल नजिक पुगेका थिए । तर सफल भएनन् । ७० औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले डेडलक तोडे । चेल्सिका गोलकिपर रोबर्ट सान्चेजले, रास्मस होइलुन्डलाइ फाउल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ब्रुनोले गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर युनाइटेडले आफ्नो अग्रता लामो समय जोगाउन भने सकेन् । ७४ औं मिनेटमा काइसेडोले आकर्षक गोल गरेपछि चेल्सीले एक अंक लिन सफल भयो । बाँकी समयमा गारान्चो र फर्नान्डेजले पाएको मौकालाई सदुपोग गर्न सकेनन्। युनाइटेडको, प्रशिक्षक एरिक टेन हाखलाई बर्खास्त गरेपछिको यो पहिलो खेल हो ...
आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल ३७ रनले पराजीत

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल ३७ रनले पराजीत

अमेरिका । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँ...
क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजीत

क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजीत

अमेरिका । नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । शनिबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा श्रीलङ्काले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा आठ छक्का र एक चौका हाने । यस्तै नारायण जोशीले १३ रन बनाए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय २३ रन बनायो । यसअघि समूह चरणको खेलमा भने नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।...
हङकङ सिक्सेसमा नेपाल र अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश

हङकङ सिक्सेसमा नेपाल र अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश

अमेरिका । हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो । इंग्ल्याण्डलाई पहिलो खेलमा ६ विकेटले हराएको नेपाल यो जितसँगै पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सय रनमा समेटिएको हो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिनुभयो । दुई ओभर बलिङ गर्नुभएका जिसीले २४ रन खर्चिएर तीन विकेट लिनुभएको हो । लोकेश बम र विवेक यादवले एकएक विकेट हात पार्नुभयो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गर्नुभएको थियो । उहाँले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाउनुभएको हो । कप्तान सन्दीपले अघिल्लो खेलमा इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाउनुभएको थियो । ल...
साफका उपविजेता नेपाली खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने सरकारको घोषणा

साफका उपविजेता नेपाली खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने सरकारको घोषणा

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए । खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाखका दरले पुरस्कार पाउनेछन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै...
महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई काठमाडौं महानगरद्वारा २५ लाख प्रदान

महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई काठमाडौं महानगरद्वारा २५ लाख प्रदान

नेपाल । महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकम हस्तान्तरण गरेको हो । प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको हो । उनीहरुलाई मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।...
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत

नेपाल । दशरथ रंगशालामा बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजीत भएको छ । फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपालविरुद्ध बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लियो । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपालले भने छैटौं पटक पनि उपविजेतामा सीमित भयो ।...
नेपाल र बंगलादेशबीच महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फाइनल खेल हुँदै

नेपाल र बंगलादेशबीच महिला साफ च्याम्पियनसिपको उपाधिका लागि फाइनल खेल हुँदै

नेपाल । नेपाल र बंगलादेशबीच साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधिका लागि बुधबार साँझ फाइनल खेल हुँदैछ । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ । सन् २०१० मा बंगलादेशबाट सुरूआत भएको साफ च्याम्पियनसिपमा नेपाल ५ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतलाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो । बंगलादेशले समूहको पहि...