एनपीएलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी
नेपाल । । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबार सम्पन्न खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी भएका छन् ।
यसैक्रममा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए ।
बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।
माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।
बलिङमा चितवनका सोहे...








