१८ बैशाख २०८२, बिहीबार

खेलकुद

आईसीसी विश्वकपको सेमिफाइनलमा भारत र इङ्ल्याण्ड तथा अफ्रिकासँग अफगानिस्तान भिड्ने

आईसीसी विश्वकपको सेमिफाइनलमा भारत र इङ्ल्याण्ड तथा अफ्रिकासँग अफगानिस्तान भिड्ने

अमेरिका । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्ने छ । ...
कोपा अमेरिका कपमा कोलम्बियाद्वारा पराग्वे पराजीत

कोपा अमेरिका कपमा कोलम्बियाद्वारा पराग्वे पराजीत

अमेरिका । कोपा अमेरिकामा फुटबलमा कोलम्बियाले पराग्वेलाई २–१ गोलले पराजीत गरेको छ । अमेरिकाको एनएजी स्टेडियम होस्टोनमा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरेको हो । खेलको ३२औँ मिनेटमा कोलम्बियाका ड्यानियल मुनोजले गोल गर्दै अग्रता दिलाए। त्यसको १० मिनेटपछि कोलम्बियाका जेफर्सन लिर्माले अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा २–० अग्रतामा रहेको कोलम्बियाले दोस्रो हाफमा भने गोल गर्न सकेन । खेलको ६९औँ मिनेटमा पारग्वेका जुलियो इन्सियोले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । ...
टी-ट्वेन्टी विश्वकपमा भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

टी-ट्वेन्टी विश्वकपमा भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

अमेरिका । अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो । बलिङतर्फ भारतका अर्शदीप सिंहले ३, कुलदिप यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७ र रिषभ पन्तले १५ रन बनाए । भारतले अब सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ । यसैबीच आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको...
यूरो कपमा स्पेन विजयी, इटली र क्रोएसिया बराबरी

यूरो कपमा स्पेन विजयी, इटली र क्रोएसिया बराबरी

अमेरिका । युरो कपमा स्पेनले अन्तिम १६ मा स्थान बनाएको छ । सोमबार राति ग्रुप बी अन्तरगको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुगेको हो । स्पेनका लागि एक मात्र गोल खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गरे । त्यसैगरी सोमबार राति नै भएको अर्को खेलमा अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली पनि अन्तिम १६ मा प्रवेश गरेको छ । ​ इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसियाविरुद्ध १–१ को बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो । क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो । प्रतियोगिता अन्तरगत मंगलबार ग्रुप डीका अष्ट्रिया र नेदरल्याण्ड तथा फ्रान्स र पोल्याण्ड भिड्ने छन् ।...
यूरो कपमा जर्मनी र स्वीडजरल्याण्ड बराबरी, स्कटल्याण्ड र बेल्जियम विजयी

यूरो कपमा जर्मनी र स्वीडजरल्याण्ड बराबरी, स्कटल्याण्ड र बेल्जियम विजयी

अमेरिका । आयोजक जर्मनी समूह विजेता बन्दै यूरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा स्वीडजरल्याण्डसँग १–१ को बराबरी खेल्दै दुवै टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । अर्को खेलमा हंगेरीसँग पराजित भएको स्कटल्यान्ड यूरोकपको समूह चरणबाटै बाहिरिएको छ । हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो । यसैगरी युरो २०२४ मा शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियालाई पराजित गरेपछि समूह ई को नकआउट समीकरण रोमाञ्चक बनेको छ । कोलोनमा भएको खेलमा बेल्जियमले रोमानियालाई २–० ले हराउँदै पहिलो जित निकालेपछि समूह ई मा चारै टिमको समान ३ अंक छ । दुई खेलपछि बेल्जियम र रोमानियासहित युक्रेनको र स्लोभाकियाको समान ३ अंक छ । अब समूहको अन्तिम दुई खेलपछि मात्रै नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । गोलअन्तरका आधारमा रोमानिया पहिलो र बेल्जियम दोस्रो स्थानमा छ । यस्तै स्लोभाकिया...
कोपा अमेरिका कपमा मेक्सिकोद्वारा जमैका  र अमेरिकाद्वारा बोलिभिया पराजीत

कोपा अमेरिका कपमा मेक्सिकोद्वारा जमैका र अमेरिकाद्वारा बोलिभिया पराजीत

अमेरिका । कोपा अमेरिकामा मेक्सिकोले विजयी शुरुवात गरेको छ । टेक्सासमा भएको खेलमा मेक्सिकोले जमैकालाई १–० गोल अन्तरले पराजित गरेको हो । मेक्सिकोका लागि खेलको ६९औं मिनेटमा गेरार्ड़ो आर्टिगाले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितपछि समूह बी मा रहेको मेक्सिकोले ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा भेनेजुएलाले ईक्वेडरलामाथि २–१ को जित निकालेको थियो । यता आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । समूह सी अन्तर्गत सोमबार बिहान टेक्ससस्थित एटी एण्ड टी स्टेडियममा भएको खेलमा अमेरिकाले बोलिभयालाई २–० ले हराएको हो । अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले खेलको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । पुलिसिककै पासमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारेका थिए ।  ...
टी-२० विश्वकप प्रतियोगितामा अफगानिस्तान र इंग्ल्यान्ड विजयी

टी-२० विश्वकप प्रतियोगितामा अफगानिस्तान र इंग्ल्यान्ड विजयी

अमेरिका । आइसिसी टी–२० विश्वकपको सुपर ८ मा अष्ट्रेलियालाई अफगानिस्तानले हराएको छ । जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो । त्यसअघि अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो । ​ यसैगरी टी–ट्वेन्टी विश्वकपको सुपर एटको समूह दुई अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । योसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ११६ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले विनाविकेटको क्षतिमा ६२ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो । पहिलो इनिङमा अमेरिकाले १८ द...
कोपा अमेरिका कपमा भनेजुएलाद्वारा इक्वेडर पराजीत

कोपा अमेरिका कपमा भनेजुएलाद्वारा इक्वेडर पराजीत

अमेरिका । कोपा अमेरिका २०२४ मा आइतबार बिहानको खेलमा भनेजुएलाले इक्वेडरलाई पराजीत गरेको छ । समूह बीअन्तर्गत अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दइक्वेडरलाई भनेजुएलाले २–१ ले पराजीत गरेको हो । खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए । तर इक्वेडरले त्यो अग्रता कायम राख्न सकेन । जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २–१ ले जीत दिलाउन योगदान दिए ।...
यूरो कपमा जर्जिया र चेक रिपब्लिक बराबरी, पोर्चुगलद्वारा टर्की पराजीत

यूरो कपमा जर्जिया र चेक रिपब्लिक बराबरी, पोर्चुगलद्वारा टर्की पराजीत

नेपाल । जर्जियाले जर्मनीमा भइरहेको युरो २०२४ मा पहिलो अंक जोडेको छ । समूह बी अन्तर्गत शनिवार साँझ ह्याम्वर्गमा भएको समूह एफको खेलमा जर्जियाले चेक रिपब्लिकसँग १–१ को बराबरी खेल्दै अंक जोडेको हो । जर्जेस मिकाउठाड्जेले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगान सकेन । ५९औं मिनेटमा प्याट्रिक सिकले चे रिपब्लिकका लागि बराबरी गोल फर्काए । जर्जियाले खेलको अन्तिममा जित निकाल्ने अवसर गुमाएको थियो । जर्जियाका वैकल्पिक खेलाडी साबा लोब्जानिड्जेले अन्तिम समय गोल गर्ने राम्रो अवसर गुमाएका थिए । बराबरीले जर्जिया र चेक दुवैलाई घाटा लागेको छ । दुई खेलबाट जर्जिया र चेक रिपब्लिक दुवैको समान १ अंक छ । यता, लगातार दोस्रो जित निकाल्दै पोर्चुगल युरो कप को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबारको खेलमा पोर्चुगलले टर्कीलाई ३–० ले सहजै पराजित गरेको हो । प...
आइसिसी टी-२० मा भारत र वेस्ट इन्डिज विजयी, अमेरिका र बंगलादेश बाहिरिए

आइसिसी टी-२० मा भारत र वेस्ट इन्डिज विजयी, अमेरिका र बंगलादेश बाहिरिए

नेपाल । आइसिसी टी–२० विश्वकपअन्तर्गत ‘सुपर–८’ मा भारत सेमिफाइनलको नजिक पुगेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ५० रन पूरा गरे । विराट कोहलीले ३७ रनको योगदान दिए । कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए । अक्षर पटेल ३ रनमा अविजित रहे । पराजित बंगलादेश भने सुपर एटबाटै बाहिरिएको छ । यसैगरी शनिबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विके...