
बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
नेपाल (हेटौंडा) । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुभएको हो ।
प्रतियोगितामा सिनियरतर्फको उद्धाटन खेलमा वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुने भएको छ । उद्धाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियरतर्फ पौष २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । बकैया–३ स्थित बकैया रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ ।
यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको हो । यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सि...