३१ भाद्र २०८२, मंगलवार

खेलकुद

नेपालमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपालमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो । प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए । नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए । प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताए । प्रतियोगिताको टिकट दर साधारणतर्फ...
थाइल्याण्डले जित्यो नेपालमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलाको उपाधि

थाइल्याण्डले जित्यो नेपालमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलाको उपाधि

नेपाल । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलामा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गर्‍यो । दुवै टीम ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन । आजको खेल थाइल्यान्डले एकतर्फीरूपमा जित्यो । नेपालका कुनै पनि ब्याटरले थाइल्यान्डको बलिङको प्रतिरोध गर्न सकेनन् । ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे । डेब्यू गर्ल राजमती ऐरी १४ बलमा ११ रन जोडेर अविजित रहिन् । बलिङतर्फ नेपालकी कप्तान इन्दुले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् भने पूजा महतोले २ ओभरमा ११ रन खर्चेर १ विकेट हात पारिन् । अन्य बलरहरु विकेटविहीन बने ।...
अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको लगातार पाँचौँ हार

अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको लगातार पाँचौँ हार

नेपाल । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो । यसअघि नै उपाधि दौडबाट बाहिरिएको नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । जितसँगै नेदरल्यान्ड्स उपाधि होडमा उभिएको छ । जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेटको क्षतिमा एक सय ५१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित सिरिजमा सबै टोलीले एक आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अहिले चार खेल जितेर आठ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ । ६ अङ्क बनाएको नेदरल्...
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपालको हारैहार

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपालको हारैहार

नेपाल । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले फेरि हार व्यहोरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भयो । लगातार चौथो हारसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना सकिएको छ । लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधि नजिक पुगेको छ । जितका लागि थाइल्यान्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । लगातार चौथो जितसँगै थाइल्यान्ड आठ अङ्कसहित शीर्षस्थानमा रहेको छ । सिरिजमा अब थाइल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । नेपालले पनि थाइल्यान्ड र नेदरल्यान्ड्सँग एक एक खल खेल्न बाँकी छ । समान खेलबाट ६ अङ्क बनाएको नेलरल्यान्ड्स दोस्रो स्थानमा छ । नेप...
थाइल्यान्डद्वारा नेदरल्यान्ड्स १७ रनले पराजित

थाइल्यान्डद्वारा नेदरल्यान्ड्स १७ रनले पराजित

नेपाल । नेपालको राजधानीमा काठमाडौंमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । यस्तै नेपालले मंगलबार थाइल्यान्डसँग खेल्नछ । ...
त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित

त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित

नेपाल । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आइतबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका लागि सिता रानामगरले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिएकी थिइन् । नेपालले २० ओभर खेलेर ८ विकेट क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । नेपालले १६ अतिरिक्त रन पाएको थियो । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।...
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बने जैसवाल र जोशी

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बने जैसवाल र जोशी

नेपाल । मकवानपुरको हेटौँडामा शनिबार सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् । नेपाल बुद्धिचाल महासंघले ११ चरणको राउण्ड रोविन आधारमा प्रतियोगिता आयोजना गरेको हो । एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बन्नुभएको हो । उहाँको यो दोस्रो राष्ट्रिय उपाधि हो । युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गर्नुभएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको १० औं महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाउनुभयो । उहाँले उत्कृष्ट खेल खेल्नुहुँदै उपाधि जोगाउन सफल हुनुभयो । लामो समय चेस खेलमा व्यतित गर्नुभएकी पुनम प्रसाईंले ८ अंक जोडेर दोश्रो स्थान हासिल गर्नुभयो । शनिबार नै महासंघका अध्यक्ष हेराकाजी महर्जनको ...
त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

नेपाल । बिहीबारको त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् । अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर...
माघ १३ देखि १९ गतेसम्म हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी

माघ १३ देखि १९ गतेसम्म हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी

नेपाल (हेटौंडा) । मकवानपुरको हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने प्रतियोगितामा छनोट भएर आएका महिला तथा पुरुष १२–१२ गरी २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले बताए । प्रतियोगितामा मकवानपुरसहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाँके, मोरङ, बारा र रुकुमपूर्वका खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले मार्च १० देखि १९ सम्म हुने एसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।...
स्पेनिस ला-लिगामा रियलद्वारा भाल्लाडोलिडमाथि सानदार जीत

स्पेनिस ला-लिगामा रियलद्वारा भाल्लाडोलिडमाथि सानदार जीत

अमेरिका । स्पेनिस ला–लिगामा रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिवार सम्पन्न खेलमा रियलले भाल्लाडोलिडमाथि ३–० को जित निकालेको हो । रियलको जितमा फ्रेन्च स्टार केलिएन एमबाप्पेको ह्याट्रिक सामेल थियो । खेलमा एमबाप्पेले ३०, ५७ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले सानदार जित हासिल गर्न सफल बन्यो । जितपछि रियल २१ खेलबाट ४९ अङ्क सहित पहिलो स्थानमा कायम छ । ला–लिगाको शनिवार सम्पन्न अन्य खेलहरूमा एट्लेटिको म्याड्रिडले भिल्लारियल सङ्ग बराबरी खेलेको छ भने सेभिल्ला र स्पानोयोल पनि १–१ बराबरीमा रोकिएका छन् । शनिबारनै लस पाल्मास र ओसियाना पनि बराबरी खेल्दा रियल बेटिसले मालार्कालाई १–० गोलले पराजित गरेको छ । ...