१५ असार २०८२, आईतवार

खेलकुद

मंसिर १५ देखि पुस ६ सम्म नेपाल प्रिमियर लिग हुँदै

मंसिर १५ देखि पुस ६ सम्म नेपाल प्रिमियर लिग हुँदै

नेपाल । नेपालमा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार शुरु हुँदैछ । उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन...
च्याम्पियन्स लिगमा लिभरपुलद्वारा रियल मड्रिड २-० ले पराजीत

च्याम्पियन्स लिगमा लिभरपुलद्वारा रियल मड्रिड २-० ले पराजीत

अमेरिका । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २–० ले पराजित गरेको हो । च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो । जीतपछि पाँच खेलबाट १५ अङ्कसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लँदा पराजित रियल भने समान खेलबाट ६ अङ्कसहित तालिकाको २४औं स्थानमा छ । ...
युएईमा यु-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

युएईमा यु-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका उपाध्यक्ष दिवाकर घले, सचिव पारस खड्कालगायतले खेलाडीको बिदाइ गर्नुभयो । एसिया कपमा लागि क्यानले यसअघि नै हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहनुभएको छ । अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार हुनुहुन्छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द रहनुभएको छ । एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गल...
एनपीएल मंसिर १५ देखि, धरहराबाट ट्रफी अनावरण

एनपीएल मंसिर १५ देखि, धरहराबाट ट्रफी अनावरण

नेपाल । सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन् । अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए । पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।...
गति लिँदै गौरिटार रंगशाला, मन्त्री महर्जनद्वारा स्थलगत निरीक्षण

गति लिँदै गौरिटार रंगशाला, मन्त्री महर्जनद्वारा स्थलगत निरीक्षण

नेपाल (हेटौंडा) । हेटौंडा–६ गौरिटार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधार निर्माणको कार्यले गति लिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आज निर्माणाधीन पूर्वाधारको स्थलगत निरिक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य समयभित्रै सम्पन्न गर्न निर्देशन दिँदै निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिनसमेत आग्रह गरे । उनले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेलकुदका संरचनासँगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको बताए । राज्यका निकायका कमिकमजोरी र निर्माणको जिम्मा लिएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा लामो समयदेखि पूर्वाधार निर्माणको का...
नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक

नेपाल । सोमबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिका अनुसार यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलको उदघाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्टबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुनेछ। डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन् । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन् । खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन् । एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ । ...
नेसन्स लिग फुटबलमा जर्मनी र नेदरल्यान्डको जीत

नेसन्स लिग फुटबलमा जर्मनी र नेदरल्यान्डको जीत

अमेरिका । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले विशाल जित निकालेको छ । लिग ए समूह ३ को खेलमा जर्मनीले बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध ७(० गोलको जित निकालेको हो । जितसँगै जर्मनीले समूहमा ५ खेलबाट १३ अंक बटुलेको छ। जर्मनी च्याम्पियनसिप प्ले अफको लागि छनोट भएको छ भने पराजित पराजित बोस्निया एण्ड हर्जगोभिना भने लिग बी मा झरेको छ । अर्को खेलमा नेदरल्यान्डले हङ्गेरीलाई ४–० गोलले पराजित गरेको छ । नेदरल्यान्ड्सको जितमा वोउट वेगह्रस्ट, कोडी गाक्पो, डेन्जेल डम्फ्रेज र टिउन कुपमेइनर्सले गोल गरे ।...
युरोपियन नेशन लिगः नर्वे र अस्ट्रिया विजयी

युरोपियन नेशन लिगः नर्वे र अस्ट्रिया विजयी

अमेरिका । युरोपियन नेशन लिगमा लिग बि को ग्रुप तीन अन्तरगतको खेलमा नर्वेले स्लोभानियालाई ४–१ गोलले पराजित गरेको हो । शुक्रवार बिहान भएको खेलमा नर्वेको तर्फबाट नुसाले २ तथा हाल्याण्ड र हेगले समान १–१ गोल गरे । स्लोभानियाको तर्फबाट एक मात्र गोल सेकोले पेनाल्टी मार्फत गरे । सोही समूहको अर्को खेलमा अस्ट्रियाले काजकिस्तानलाई २–० गोलले पराजित गरेको छ । दुवै खेलपछि तालिकामा ५ खेलबाट १० अंकसहित अस्ट्रिया पहिलो स्थानमा रहँदा समान खेलबाट उत्तिकै अंक बटुलेको नर्वे दोस्रो स्थानमा छ । सात अंकसहित स्लोभानिया तेस्रो स्थानमा हुँदा १ अंक बटुलेको ताजकिस्तान चौथोमा छ ।...
विश्वकप छनोट खेलमा अर्जेन्टिना पराग्वेसँग पराजीत

विश्वकप छनोट खेलमा अर्जेन्टिना पराग्वेसँग पराजीत

नेपाल । विश्वकप छनोट खेल अन्तरगत दक्षिण अमेरिकी समूहको शुक्रवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनालाई पराजित गर्दै पराग्वे विजयी भएको छ । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनालाई पराग्वेले २-१ ले पराजित गरेको हो । खेलमा मार्टिनेजले ११ औँ मिनेटमा अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको १९ औँ मिनेटमा पराग्वेका एन्टनियो सनाब्रीयाले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४७ औँ मिनेटमा पराग्वेले गोल गर्न सफल भयो । उसको लागि उमर एल्डरेटले गोल गरेपछि खेल पराग्वेले जित्यो । ...
महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने घोषणा

महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला टी–२० विश्वकपमा पुगेको नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ । क्यानले यू–१९ महिला टिमक सदस्यलाई जनही २ लाख ५० हजार र टिम अफिसियललाई एक लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो । युएईलाई पराजित गर्दै पहिलो पटक यू–१९ महिला विश्वकपमा छनौट भएको नेपाल यू–१९ एशिया कपमा पनि छनौट भएको छ ।...